धनगढीका मनोज राई : अनेरास्ववियुमा केन्द्रीय सचिवका सशक्त दाबेदार
धनगढी । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन आइतबार काठमाडौंको कीर्तिपुरमा शुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन्।
पार्टीले नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि अहिले माहौल एक्कासी तातेको छ। अखिलको हिजो बसेको १८ औं सचिवालय बैठकले नौ सदस्यीय पदाधिकारी, ५१ सदस्यीय सचिवालय सदस्य, १५१ केन्द्रीय कमिटी हलबाट निर्वाचित हुने र चार वटा आयोग (अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु) हुने निर्णय गरेको छ।
यसबीच अब पदाधिकारीबाट भावी नेतृत्वका लागि सचिवबाट दीपक धामी, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, सुजन कडरिया मात्र उमेर हदका कारण प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूमध्ये एक जना अखिलमा अध्यक्ष बन्नेछन्। अन्तिमसम्म धामी र पौडेलबीच रस्साकस्सी हुने देखिन्छ।
अध्यक्षका दौडमा सबैभन्दा सशक्त दावेदार दिपक धामी रहेको बताइन्छ। उनी सुदूरपश्चिम डोटीका हुन्, यस्तै सुदूरपश्चिमबाटै उपाध्यक्षमा धनगढीका रोहित बम पनि सशक्त दाबेदार छन् भने सचिवमा मनोज राई बलिया देखिएका छन्।
देशभर सम्पर्क र संजाल भएका राईले सचिवमा सशक्त दाबेदारी प्रस्तुत गरेका छन्। उनी हाल सुदूरपश्चिम प्रदेशको अध्यक्ष समेत हुन्। राईलाई सुदूरपश्चिममा एक कुशल संगठक र लामो संघर्ष गरेको योद्धाको रुपमा चिनिन्छ।
सुदूरपश्चिममा संगठन बलियो बनाएका राईलाई अहिले सचिवको लागि बलियो उम्मेदवार मानिएको हो। राई कक्षा ९ मा पढ्दादेखि नै सिद्धेश्वर माविबाट राजनितिमा सक्रिय बनेका थिए।राईलाई सामाजिक रुपान्तरणमा भूमिका खेल्ने कुरामा विशेष चिनिन्छ।
उनले प्रदेश अघ्यक्ष हुँदा अनेरास्ववियुलाइ उनले निकै गतिशिल र सिर्जनात्मक बनाएका थिए। अहिले फेरि अनेरास्ववियु केन्द्रीय सचिवमा निर्वाचित भएर विद्यार्थी आन्दोलनलाइ थप शसक्त बनाउने उनको योजना छ। उनलाई एमालेका बहुमत नेताहरुको पनि समर्थन रहेको बताइन्छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया