बिहानै हल्लियो सुदूरपश्चिम, बाजुरामा भूकम्प
बाजुरा । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो।
केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ।
प्रतिक्रिया