बैतडीको मेलौलीमा वडास्तरिय जेष्ठ नागरिक दौड प्रतियोगीता आयोजना

  आइतबार २८, जेठ २०८० १२:४४

बैतडी । बैतडीमा वडास्तरिय ज्येष्ठ नागरिक दौड प्रतियोगिता सञ्चालन गरिएको छ जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ मा वडा स्तरिय जेष्ठ नागरिक दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।

वडा कार्यालयको आर्थिक सहयोगमा वडास्तरिय खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगीता दुई विधामा आयोजना गरिएको थियो । जसमा पुरुषतर्फ ईन्द्र सिँह कार्कि र महिला तर्फ पशुपति अवस्थी प्रथम भएका छन ।

यसैगरी प्रतियोगीतामा पुरुषतर्फ शेरी चन्द द्धितिय र कृष्ण सिँह भाट तृतिय भएका छन । महिलातर्फ सुर्मादेवी कार्कि ले द्धितिय स्थान र धना चन्द ठकुरानीले तृतिय स्थान हासिल गर्न सफल भएकी छन ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त खेलाडीहरुलाई क्रमशः नगद रु। ८ हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगीतामा ७ जना जेष्ठ महिला तथा ६ जना जेष्ठ पुरुष गरि १३ जना जेष्ठ नागरिकको सहभागिता रहेको थियो । प्रतियोगीताका अन्य सहभागी जेष्ठ नागरिकहरुलाई पनि नगद ७ सय तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ ।

पछिल्लो समय शारिरिक व्यायामको अभावले नसर्ने रोगहरु बढ्दै गएकाले यी यस्ता प्रतियोगीताबाट स्वस्थ जीवनशैलीमा फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

clock आइतबार २८, जेठ २०८० १२:४४

प्रतिक्रिया