अत्तरियाको बसपार्कमा बेहोस भेटिएका पुरुषको मृत्यु

  शुक्रबार ०९, जेठ २०८२ ०६:५४

धनगढी । कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेहोस भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्यमा अस्पताल पुगाएको बताए तर पद्यमा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो ।

उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए । मृतकको पहिचान भने खुलेको छैन । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

clock शुक्रबार ०९, जेठ २०८२ ०६:५४

प्रतिक्रिया