धनगढीको नल्का घाटमा सशस्त्र प्रहरीको बीओपी स्थापना, डीआईजी पालले गरे उद्घाटन
धनगढी । धनगढीको नल्का घाटमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका– २ मा पर्ने नेपाल–भारत सीमा नकिजै नल्का घाटमा रहेको बेसलाई स्तरोन्नति गर्दै सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको हो ।
बीओपीको बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीपकुमार पालले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुुुन् । यो सँगै कैलालीमा सशस्त्र प्रहरीको बीओपीको संख्या १९ पुगेको छ ।
सशस्त्र प्रहरी हेडक्वाटरको सिफारिस र गृह मन्त्रालयको निर्णयबमोजिम नल्का घाटमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बीओपीको उद्घाटन गर्दै डीआईजी पालले सीमा सुरक्षासगैं चोरी तस्करी तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पालले सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा हुुने चोरी तस्करी न्यूूनीकरण र अपराधिक गतिविधी नियन्त्रणमा गम्भीर भएर काम गर्न निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया