डडेल्धुरामा घरमाथि रूख ढल्दा एक महिलाको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा घरमाथि रूख ढल्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–६ मा बुधबार बिहान आएको हावाहुरीसँगै सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टका अनुसार कामीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा उनकी सासू राधा कामी घाइते भएकी छन् । घटनास्थलमा प्रहरी टोली पुगेको इन्सपेक्टर बिष्टले जानकारी दिए ।
प्रतिक्रिया