कैलालीमा पालिका अध्यक्षविरुद्ध फेसबुकमा लेखेको भन्दै कार्यालय सहयोगीलाई जागिरबाट हटाइयो

  मङ्गलबार ०६, जेठ २०८२ १२:४०

धनगढी । कैलालीमा एक गाउँपालिका अध्यक्षविरुद्ध फेसबुकमा लेखेको भन्दै कार्यालय सहयोगीको जागिर खोसिएको छ । 

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोपमा कार्यालय सहयोगीलाई सेवाबाट बर्खास्त गरिएको हो । 

गाउँपालिका अध्यक्ष उपाध्यायविरुद्ध फेसबुकमा अपमानजनक शब्द प्रयोग गर्दै टिप्पणी गरेको भन्दै कार्यालय सहयोगी अशोक थापालाई जागिरबाटै हटाइएको हो । 

थापाले वैशाख २४ गते गाउँपालिका अध्यक्ष उपाध्यायविरुद्ध अपमानजनक टिप्पणी लेखेकाले उनलाई सेवाबाट हटाइएको पत्र प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालले लेखेका छन् । 

थापाले सामाजिक सञ्जालमा के लेखेका थिए भन्नेबारे पत्रमा केही उल्लेख छैन । 

clock मङ्गलबार ०६, जेठ २०८२ १२:४०

प्रतिक्रिया