नेपाली महिला क्रिकेट टोली हङकङ प्रस्थान

  शनिबार २७, जेठ २०८० १२:३१

काठमाडौं । एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली महिला टिम आज बिहान ११ बजे हङकङ प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहान ७ बजे नै राष्ट्रिय टिमको बिदाइ गरेको थियो । १२ जुनदेखि हुने प्रतियोगिताका लागि यसअघि नेपालले मलेसियासँग ५ खेलको शृंखला खेलेको थियो ।

नेपालले यस प्रतियोगितामा समूह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोलीसँग खेल्नेछ । समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई छन् ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ । खेल हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।

clock शनिबार २७, जेठ २०८० १२:३१

प्रतिक्रिया