पत्रकार ऋतु ओझालाई पति शोक
धनगढी । पत्रकार ऋतु ओझालाई पति शोक परेको छ । दिनेशखबरमा कार्यरत ओझाका श्रीमान चूडामणि ओझाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनी सशस्त्र प्रहरीका जवान हुु्न् । ओझाको आइतवार उपचारका क्रममा सशस्त्र प्रहरीको अस्पताल, काठमाडौँमा निधन भएको हो ।
उनी बैतडीको मेलौली नगरपालिका–६ गाजरीका स्थायी बासिन्दा हुन् । उनको टाउँकोको शल्यक्रिया गरिएको थियो।
शल्यक्रियापछि उनी लामो समयदेखि सशस्त्र प्रहरीको अस्पतालको आइसीयूमा उपचाररत थिए।
प्रतिक्रिया