मन्त्री घिसिङले दिए राजीनामा
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
करिब ११५ दिन मन्त्री भएर राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि दलमा सहभागी भएको वा सदस्यता नलिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले उज्यालो नेपाल र रास्वपाका बीचमा पार्टी एकताको सहमति भएको तर आफूले सदस्यता नलिएको दाबी गरे ।
‘प्रधानमन्त्रीको अनुरोध र जेन–जीको आन्दोलनको म्यान्डेट अनुसार मैले मन्त्री पद स्वीकार गरेको थिएँ । यो अवधिमा मैले इमान्दारीतापूर्वक देशका लागि काम गरेको छु । यो अवसरका लागि प्रधानमन्त्री कार्की र जेन–जीप्रति धन्यवाद व्यक्त गर्दछु,’ घिसिङले भने, ‘मैले लिएको राजीनामा दिने भनी लिएको निर्णय भाग्ने निर्णय नभई जनताप्रतिको प्रतिबद्धताका कारण गरेको हुँ । ’
उनले पदबाट बाहिरिएपनि जनताको बाटो नबिर्सने भन्दै अबको बाटो राजनीतिक हुने दाबी गरे ।
‘रास्वपासँग भएको सहमतिमा मेरो नाम उल्लेख भएपनि हालसम्म कार्यान्वयनमा आएको छैन । मैले अहिलेसम्म सदस्यता लिएको छैन,’ उनले भने, ‘पार्टीमा औपचारिक रूपमा प्रवेश गरेपछि पार्टी सदस्य लिने छु । ’
राजीनामा दिएपछि पदमा आफ्नो मान्छे नियुक्ति गर्न दिएको दबाब झुटो भएको दाबी उनले गरे । उनले पदमै रहेर मन्त्रीले निर्वाचन लडेको नेपालकै इतिहास भएको पनि दाबी गरे । उनले यो अवधिमा जनताको काममा आफूले काम गरेको दाबी गरे । उनले यो अवधिमा इमानदार भएर काम गरेको भन्दै किन राज्यले किन समयमा काम गरेन भन्ने जानकारी पाएको दाबी गरे । उनले यी कुरा व्यक्तिगत नभई नागरिकको आकांक्षा भएको भन्दै त्यो पूरा हुने अपेक्षा गरेको दाबी गरे ।
रानी जमरा बहुउद्देश्यलगायतका आयोजनामा अन्तिम प्रतिवेदनसमेत प्राप्त भएको र नेपाल–भारत बीचमा प्रसारण लाइन निर्माणमा पनि आफ्नै पालामा सहमति भएको र २०३० सम्म यो निर्माण सम्पन्न हुने बताए । उनले नेपालबाट बंगलादेशमा निर्यात पनि बढाउन सकेको दाबी गरे । उनले जेन–जी आन्दोलनमा क्षति भएका भवनहरूको निर्माण सुरु भएको दाबी पनि गरे ।
प्रतिक्रिया