चिसापानीको होटलबाट व्यापारी पाँच दिनदेखि सम्पर्क विहीन

  शनिबार २७, जेठ २०८० ११:४१

धनगढी । कैलालीको चिसापानीबाट सुर्खेतका एक व्यापारी सम्पर्क विहीन भएका छन्। सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी मंगलवारदेखि सम्पर्क विहीन भएका हुन्।

उनी गत मंगलवार धनगढीबाट सुर्खेतका लागि गएका थिए। तर चिसापानीको एक होटलमा गाडी र मोबाइल छोडेका उनी पाँच दिनदेखि सम्पर्कमा छैनन्। 

न्यू बुलबुले अटो सेल्सका सञ्चालक भण्डारीले प्रयोग गर्ने बा १८ च ९८७५ नम्बरको गाडी कैलालीको चिसापानीको एक होटलमा थियो।

कैलाली प्रहरीले भण्डारी चढ्ने गाडी सुदूरपश्चिम प्रदेशको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा रहेको बताएको छ। बिहीवार गाडी बेवारिसे अवस्थामा प्रहरीले फेला परेको बताएको छ। 

कैलाली प्रहरीले उनको खोजी गर्दै छ। भण्डारीको परिवारसमेत सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

उनको अवस्था हालसम्म पनि अज्ञात छ। प्रहरीले हुलिया सार्वजनिक गरेर खोजी गर्दैछ। उनी सम्पर्क विहीन हुनुको कारण खुल्न सकेको छैन।
 

clock शनिबार २७, जेठ २०८० ११:४१

प्रतिक्रिया