धनगढीबाट एक किशोर बेपत्ता

  शनिबार २७, जेठ २०८० ११:३७

धनगढी । धनगढीबाट एक किशोर बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर-१ शिवनगरबाट १५ वर्षीय अमृत विष्ट बेपत्ता भएका हुन्। परिवारका अनुसार सोमवार दिउँसोबाट अमृत बेपत्ता भएका हुन्।

धनगढीको चैतन्य पाठशालामा कक्षा ९ मा अध्ययन गरिरहेका विष्ट काकासँग शिवनगरमा बस्दै आएका थिए। खोजबिनका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको आफन्तले बताएका छन्।

विष्टलाई फेला पार्नेहरूलाई नजिकको प्रहरीमा बुझाउन या ९८४८७०१२७४ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्।

clock शनिबार २७, जेठ २०८० ११:३७

प्रतिक्रिया