बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

  शुक्रबार २६, जेठ २०८० १३:२५

धनगढी । बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मेलौली गाउँपालिका वडा नम्बर ३ का जयबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार ३८ वर्षिय चन्दको शुक्रबाट बिहान भिरबाट लडेर मृत्यु भएको हो। उनको सोही ठाउँको भिटा भिरबाट लडेर मृत्यु भएको हो। 

अस्थायी प्रहरी पोष्ट सेलेनाकफ टोली घटनास्थल पुगेको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।

clock शुक्रबार २६, जेठ २०८० १३:२५

प्रतिक्रिया