खेलकुद पत्रकार मन्च कैलालीका महासचिव जोशी सम्मानित

  शुक्रबार २६, जेठ २०८० १२:२८

धनगढी । खेलकुद पत्रकार मन्च कैलालीका महासचिव तथा नेपाल पत्रकार महाँसघ सुदूरपश्चिम प्रदेशका सचिव हरी जोशी सम्मानित भएका छन् । 

समाजबादी प्रेस संगठन नेपालद्धारा आयोजित प्रथम राष्ट्रिय महाधिबेसनबाट सम्मानित भएका हुन् । 

उनलाई पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादी पाटीका अध्यक्ष माधवकुमार नेपालले दोसल्ला ओढाएर तथा प्रमाणपत्र दिएर सम्मान गरेका हुन् । 

श्रमजिबी पत्रकारको हकहितका साथै निष्पक्ष स्वतन्त्र एवम् जनपक्षिय पत्रकारीतामा योगदान पुर्याएबाफत सम्मान गरिएको हो । 

उनी रेडियो धनगढीका कार्यकारी निर्देशक एवम् धनगढी खबरका सम्पादक पनि हुन् ।

clock शुक्रबार २६, जेठ २०८० १२:२८

प्रतिक्रिया