कञ्चनपुरमा एक महिला उखुबारीमा मृत फेला

  शुक्रबार २६, जेठ २०८० १०:१८

कञ्चनपुर। कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापा मृत भेटिएकी हुन।

उनी बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्।

राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

‘उखुबारीमा लडेको अवस्थामा शव भेटिएको हो, मृत्युको कारण खुल्न सकेको छैन’, डीएसपी डाँगीले भने। मृतक महिला मादक पदार्थ सेवन गर्ने गरेको खुलेको छ।

अहिले शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ।

clock शुक्रबार २६, जेठ २०८० १०:१८

प्रतिक्रिया