गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै अत्तरिया बजार बन्द

  बिहिबार २५, जेठ २०८० ११:४१

धनगढी । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको आह्वानमा आज अत्तरिया बजार बन्द गरिएको छ।

संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्र्तगत अत्तरिया बजार बन्द गरिएको हो। बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे सम्म जारी रहने संघर्ष समितिका सचिव धर्म सिह कुुँवरले बताएका छन्। 

अत्तरिया बजारमा बिहान बजार खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बजार बन्द गराएका थिए। बन्दकर्ताले बजार बन्द गराएपनि सवारी साधन भने आंसिक रुपमा संचालनमा रहेका छन्।

संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुनुपर्ने माग गर्दै आइरहेको छ। 

सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक बर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम सुुरु गरेका थिए। 

clock बिहिबार २५, जेठ २०८० ११:४१

प्रतिक्रिया