बझाङको सुर्मा–४ का वडाअध्यक्ष बोहराको मृत्यु

  बिहिबार २५, जेठ २०८० १०:४८

बझाङ । बझाङमा वडा अध्यक्षको मृत्यु भएको छ । सुर्मा गाउपालिका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो । मंगलबार राति उनको ३८ बर्षको उमेरमा मृत्यु भएको उनका आफन्तले जनाएका छन् । 

केही समय अघि देखि विरामि रहेका बोहरा उपचारका क्रममा नेपालगंज सम्म पुगेको बुझिएको छ । उनलाई नेपालगन्ज बाट घर जान स्वास्थ्यकर्मीले सुझाब दिएका थिए । घर पुगेको केही दिनमा नै उनको निधन भएको हो । 

बोहरा २०७९ को स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट टिकट लिएर  निर्वाचित बनेका थिए ।उनको वडामा वडा सदस्य सबैजना नेपाली काँग्रेस बाट निर्वाचित भएको भए पनि पालिका भरि नेकपा एमाले बाट निर्वाचित हुने एउटै वडा अध्यक्ष बोहरा मात्रै हुन् । 

उनको लिभर डेमेज भएको र सुगर ,जन्डिस , हेपाटाइटिसले समेत समातेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

clock बिहिबार २५, जेठ २०८० १०:४८

प्रतिक्रिया