सन्दीप र अर्जनु द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड

  शुक्रबार १०, चैत २०७९ १३:०३

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र अर्जुन साउद द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन्।

बिहीबार राति बेलायतको लण्डनमा भएको ड्राफ्टमा सन्दीप र अर्जनुलाई कुनै टोलीले बोली नलगाएपछि अनसोल्ड भएका हुन्। 

नेपाली लेग स्पिनर सन्दीप र विकेटकिपर एवम् ओपनर अर्जुनलाई कसैले बोली नलगाएका हुन्। द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट सूचीमा नेपाल दुई खेलाडी थिए। उक्त ड्राफ्टमा विश्वभरका ३६८ खेलाडी  थिए।

यसअघि पहिलो संस्करणमा सन्दीप ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए। तर भिसा नमिलेपछि खेल्न पाएनन्। द हन्ड्रेड आगामी अगस्ट १ देखि सुरु हुने तालिका छ।

clock शुक्रबार १०, चैत २०७९ १३:०३

प्रतिक्रिया