कञ्चनपुरको बेलौरी र लालझाँडीले संयुक्त रूपमा दमकल खरिद गर्ने
बेलौरी । कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन्। गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाले मिलेर दमकल खरिद गर्ने निर्णय गरेका हुन् ।
बिहिवार बेलौरी नगरपालिकामा बसेको पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
अग्नि नियन्त्रक दमकल खरिदका लागि लालझाँडी गाउँपालिकाले ३५ प्रतिशत र बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत खर्च बेहोर्ने गरी साझेदारीमा दमकल खरिद गर्न लागिएको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताए।
आगलागी जन्य ठुला घटनाबाट धनजनको क्षति न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । हाल बेलौरी नगरपालिका लालझाँडी गाउँपालिकामा दमकल अभाव छ।
चालु आर्थिक वर्ष भित्रै दमकल खरिद गरिसक्ने बेलौरी नगरपालिकाका नगर प्रमुख चौधरीले बताए। उनले एक साता भित्रै दमकल खरिदका लागि टेन्डर आह्वान गरिने बताए।
प्रतिक्रिया