धनगढी उपमहानरपालिका सहित विद्युत प्राधिकरणका उत्कृष्ट १० ग्राहक सम्मानित
धनगढी । नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिम प्रदेशका उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ। शनिवार प्राधिकरणको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गर्ने र नियमित महसुल बुझाउने ग्राहक सम्मानित भएका हुन्।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले धनगढी उपमहानरपालिका सहित उत्कृष्ट १० ग्राहकलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।
सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, गोदावरी ५ मा रहेको लक्ष्मी कत्था उद्योग प्रालि, आरपी एग्रो ईन्डस्ट्रिज प्रालि, रौराबाबा ग्रामीण विद्युत सहकारी संस्था, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट, मल्टी पोलिमर प्रालि र नेपाल टेलिकम, गोदावरी फ्लोर मिल रहेका छन्।
यी दश वटा ग्राहकले सबैभन्दा बढी विद्युत खपत गरेर सबैभन्दा बढी महसुल तिरेको आधारमा सम्मानित गरिएको हो। बढी विजुली खपत गरेर समयमै महसुल बुझाएको भन्दै महत्वपूर्ण ग्राहक भन्दै सम्मान गरिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख मनोजकुमार यादवले बताए।
प्रतिक्रिया