जनयुद्ध हुँदै ३५ बर्षमै सांसद देखी मन्त्री सम्म बनेका ओम बिक्रम भाट
धनगढी । जिवनमा सफल हुन एउटा लक्ष लिएर अगाडी बढ्नुपर्छ । जुनसुकै सफलतामा आफु र उसको पछाडी थुप्रै हातहरु हुन्छन् । लक्ष प्राप्ती पछि आफ्नो बिगत बिर्षिनु हुँदैन । युवाहरुले आँटे सामाजिक, ब्यवसायिक, राष्टसेवा एवं राजनिति जुनसुकै क्षेत्रमापनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण राजनितिमा छोटो उमेरमै सफलता तर्फ उन्मुख भएका ओम बिक्रम भाट (सरल) । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ४ चौंडी मा बुवा डम्बर बहादुर भाट र आमा नन्दादेवी भाटका सुपुत्र हुन ओम बिक्रम भाट (सरल) । २०४४ साल बैसाख १० गते आमा नन्दादेवीको कोखबाट जन्म लिएका भाट अहिले सुदुरपश्चिम प्रदेशसभा सदस्य छन् । उनि माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन् । राजनितिमा चतुर खेलाडीका रुपमा चिनिने भाटले एक पटक सामाजिक बिकास मन्त्रालयको नेतृत्व समेत सम्हाली सकेका छन् ।
हाल कञ्चनपुरको वेदकोट नगरपालिका १० दैजी बस्ने भाट जनयुद्ध काल हुँदै प्रदेशसभा सदस्य र मन्त्री सम्म पुगेका छन् । राजनिति फोहोरी खेल हो भन्ने भास्य श्रृजना भइरहेपनि युवा उमेरमै प्रदेशसभा सदस्य र मन्त्री सम्म बनेका भाटको राजनितिक जिवन सघंर्षमयनै छ । बिद्यार्थी कालबाटै राजनिति शुरु गरेका भाट जनयुद्ध हुँदै प्रदेश सांसद र मन्त्री समेत भइसकेका ब्यक्ती हुन् । उमेरले ३७ बर्ष मात्रै पुगेका भाट ३५ बर्षे उमेरमै प्रदेशसभाको सदस्यमा निर्वाचित भएका थिए । प्रत्यक्ष निर्वाचन लडेर निर्वाचित भएर सुदुरपश्चिम प्रदेशको कान्छा प्रदेशसभा सदस्यका रुपमा भाटले पहिचान बनाएका छन् ।
भाटले जनयुद्ध अगावै राजनीति सुरु गरेपनि तत्कालीन समयमा उनी किशोरावस्थामै व्यवस्था परिवर्तनको लडाइँमा होमिएका थिए । शारदा माध्यामिक विद्यालयमा तत्कालीन समयमा कक्षा ९ मा पढ्ने बेलादेखि नै सरल माओवादी आन्दोलनमा होमिएका थिए । उनी ०५९ सालदेखि माओवादी आन्दोलनमा होमिएका हुन् । त्यसपछि अखिल क्रान्तिकारीको जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका सरलसँग दुई दशक बढीको राजनैनिक अनुभव छ । त्यसबीचमा सरलले सरकार सञ्चालनदेखि विभिन्न आन्दोलनको नेतृत्वसँग निकट रहेर काम गरेका थिए ।
एकताका नेकपा माओवादी केन्द्र डडेल्धुराको कार्यालय सचिवको जिम्मेवारी निर्वाह गरेका सरललाई पार्टीले ०६१ देखि ०६३ शान्तिवार्तासम्म प्रवासको जिम्मा दिएको थियो । मुख्य गरेर घाईतेको उपचारदेखि पाटीको काममा रहेका सरल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि नेपाल फर्किएर प्रदेश सभा सदस्यको चुनावमा होमिएका थिए ।
०६४ सालमा उनलाई पाटी केन्द्रीय कार्यालयदेखि तत्कालीन सुदूरपश्चिम प्रदेशमा रहेका निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समितिको जिम्मेवारी दिइएको थियो । त्यसपछि ०६५ सालमा उनले नेकपा माओवादी केन्द्र पहिलोपटक सरकारमा गएपछि माओवादी केन्द्रका तर्फबाट श्रममन्त्री भएका लेखराज भट्टको स्वकीय सचिवको रुपमा काम गरेका थिए । त्यसपछि अपिसैपाल मासिक पत्रिका प्रकाशन समेत उनले गरे । ०६९ सालमा भेरी कर्णाली राज्य समिति कार्याय सचिव भएका भाट हेटौडा महाधिवेशनपछि कञ्चनपुर आएर जिल्ला पाटी कार्यालय सदस्य हुँदै ०७३ मा केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग सुदूरपश्चिम प्रमुख बनेका थिए ।
त्यसपछि हालसम्म आइपुग्दा उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । त्यसपछि ३५ बर्षकै सरल गत प्रदेश सभाको निर्वाचनमा कञ्चनपुर २ को प्रदेश सभातर्फ ९१० मा निर्वाचित भएका थिए। उनी १० हजार ९ सय २५ मत प्राप्त गरेर विजयी भएका थिए ।
भाटले राजनिति सगैं पारिवारिक जिवनलाई समेत सगंसगैं अगाडी बढाउन रेष्टुरेन्ट व्यवसाय, कृषी व्यवसाय, पब्लिकेशन, पत्रीका प्रकाशन, लविद्युत र बुटिक लगायतको ब्यवसाय समेत गरिसकेका छन् । राजनितिलाई सेवाका रुपमा लिने भाट युवा र बिद्यार्थीको प्रतिनिधित्वका लागी सधैँ लडिरहने नेता हुन् । जनयुद्धकालमा स्वास्थ्य क्षेत्रको जिम्मेवारी सम्हालेका उनि नागरिकको सेवामा रमाउने ब्यक्ती हुन् । पार्टीको बिभिन्न जिम्मेवारीमा रहँदा उनि सिनियरलाई सम्मान गर्दै युवाको भुमिका सशक्त हुनुपर्ने आवाज बुलन्द्ध गर्दै आएका थिए । राजनितिलाई पेसा भन्दापनि सेवाका रुपमा लिनुपर्छ भनेर उनले बिभिन्न ब्यवसाय समेत गर्दै आए । ति ब्यवसाय सगैं जनप्रतिनिधी बनेर सेवा गर्नुपर्छ भनेर गत २०७९ सालको निर्वाचनमा उनि प्रदेशसभा सदस्यको उमेद्वार बनेर बिजयी बने । उनको बिजय सगैं युवा पुस्तापनि उत्साहित थियो । भाट जस्तो युवाले मन्त्रालयको नेतृत्व लिनुपर्ने आवाज उठिरहेपनि पहिलो सरकारमा उनले सरकारमा सहभागी हुने अवशर पाएनन् । त्यसपछि बनेको काग्रेंस÷माओवादी समिकरणको सरकारमापनि भाटले अवशर पाएनन् ।
थ्यसपछि बनेको एमाले÷माओवादी÷नागरिक उन्मुक्ती र नेकपा एकिकृत समाजवादी समिकरणको सरकारमा उनि सहभागी भए । नेकपा एकिकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारमा सामाजिक बिकास मन्त्रालय, महिला, बालवालिका एवं स्वास्थ्य मन्त्रालय हुँदै फेरी सामाजिक बिकास मन्त्रालयकै नेतृत्व भाटले सम्हाले । मन्त्रीको जिम्मेवारी सम्हाल्दै भाटले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने पहिलो नीतिगत निर्णय गरेका थिए । उनले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले सो नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका थिए ।
खासगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गर्ने गरी भाटले निर्णय गरेका थिए । भाटले मन्त्रालयको जिम्मेवारी सम्हाले सगैं स्वास्थ्य, शिक्षा एवं युवाका क्षेत्रमा आशा जगाउने खालका निर्णयमा भाट केन्द्रित भए । पछिल्लो समय मुख्य समस्याका रुपमा देखिएको लागु औषध दुब्र्यवशनी र युवा बिदेश पलायन रोक्ने खालका कार्यक्रम ल्याउन भाट सक्रिय थिए । तर बजेट निर्माणको अन्तिम तयारीका बेला मन्त्रालयको नेतृत्व सम्हाल्नु परेपछि उनले सोचे अनुसार कार्यक्रम बनाउन पाएनन् । युवाका क्षेत्रमा बजेट बिनियोजन गरी यकिन तथ्याकं सहित आवश्यक कार्यक्रम ल्याउने भाटको योजना थियो । बजेट बनिसकेको अवस्थामा मन्त्रालय सम्हालेपनि केही नितिगत सुधारमा उनि केन्द्रित भए । सत्ता गठबन्धनको फेरबवल अनी मन्त्रालय फुटेर फरक÷फरक मन्त्रालयको नेतृत्व गर्नुपर्दा उनले योजना अनुरुप काम गर्न सकेनन् । तर बदनाम भएको सामाजिक बिकास मन्त्रालय सुधारको शुरुवात गरे । तर उनले लामो समय काम गर्न भने पाएनन् । फेरी केन्द्रमा फेरिएको सत्ता गठबन्धन सगैं उनले सरकारबाट बाहिरिनु प¥यो ।
सरकारमा नरहेपनि भाट सदनबाट युवा, स्वास्थ्य र जातिय बिभेदका बिषयमा आवाज उठाउँदै आएका छन् । मन्त्रालयको नेतृत्व देखी बिभिन्न क्षेत्रमा युवाहरु अग्रसर भए मात्रै परिवर्तन सम्भव रहेको भन्दै भाट सधैँ युवाका पक्षमा आवाज उठाउँदै आएका छन् । देशमा देखिएको ब्यप्त बेरोजगारी, बिदेश पलायन लगायतका समस्या समाधानका लागी उनि सधैँ आवाज उठाउँदै आएका छन् । सुदुरपश्चिम सरकारले लागु गरेको बिना धितो श्रृण, कृषीमा अनुदान लगायतका कार्यक्रम युवा मुखी हुनुपर्ने भाटको अडान रहन्छ । प्रदेश सरकारमा बसेर लामो समय काम गर्न नपाएकोमा उनि दुखी छन् । कम्तिमा पनि पुर्ण गृहकार्य गरेर एउटा बजेट ल्याउन पाएको भए युवाका क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउन सकिने भाटको तर्क छ । प्रदेश सरकारले युवाका संरचना बनाएपनि आवश्यक बजेट तथा अधिकार नदिदा काम गर्न नपाएको भाट बताउँछन् । सघिंयता सगैं सरकारका अन्य संरचनालाई बलियो बनाए मात्रै सम्बन्धित क्षेत्रमा उपलब्धी देखिने उनको भनाई छ ।
राजनितिक क्षेत्रमा लाग्ने ब्यक्तीप्रती हेर्ने नजर गलत भएपनि राजनितिनै देशलाई निकास दिने क्षेत्र रहेको भाट बताउँछन् । इमान्दार तरिकाले राजनितिक सघंर्ष गर्न सके आफ्नो सफलता सगैं युवाले देखेका सपना साकार गर्न सकिने भाटको भनाई छ । अहिलेपनि नाम जस्तै सरल स्वभावका देखिने भाट झट्ट देख्दा सांसद जस्तै देखिदैनन् । युवाहरुका कार्यक्रम होउन अथवा अनौपचारिक गफगाफमा भाट सहभागी भयरहेका हुन्छन् । युवाका बिचार तथा उनका मुद्धा प्रति भाटको सधैँ चासो हुन्छ । देश राजनितिले सकियो भन्नु गलत रहेको भाट बताउछन् । पछि गुनासो गर्नुभन्दा पनि हामीले पठाउने नेतृत्वमा भार पर्छ भाटले भने “एक पटक नेतृत्व दिइसकेपछि उसलाई अर्को क्षेत्रमा पठाउन सक्नुपर्छ, पटक÷पटक प्रदेश सांसद, तथा केन्द्रिय सांसद मात्रै जिताएर हुँदैन उहाँहरुको योगदान के छ त्यसको मुल्याकंन अबको पुस्ताले गर्न सक्नुपर्छ, मैले एक पटक प्रदेशसभाको सदस्य हुने मौका पाइसके अब मैले सघिंय संसदमा जान पाउनुपर्छ, त्ससका लागी जनताले अवशर दिनुपर्छ, बिगतको इतिहास र मैले निर्वाचित भएर आएपछिका काम मुल्याकंन गर्नुपर्छ, हाम्रा नेताहरु ठेकेदारले अलपत्र पारेका योजना समयमै सम्पन्न गराउन ताकेता समेत गर्न नसक्ने छन्, उहाँहरुलाई विदा दिनुपर्छ, नयाँ जोस लिएर आएका युवाहरुलाई अवशर दिनुपर्छ ।”
सासंदले आफ्नो क्षेत्रका बिकास बारे आवाज उठाउनुका साथै समग्र प्रदेशको निति नियम सगैं समस्या बारे आवाज उठाउने हो, काम गर्ने सरकारले हो भाटले भने “हामीले ससंदबाट सरकारलाई दवाव दिने हो, सरकारमा जाने अवशर पाए काम गरेर देखाउने हो, अवशर त पाइयो तर निकै छोटो समय त्यस कारण मैले लिएको उद्देश्य प्राप्ती गर्न सकेन, फेरी अवशर पाए त्यसको सदुपयोग गर्नेछु ।” सबै खराब हुन् भन्ने भाश्य परिवर्तन गर्न भाटको सुझाव छ । युवाहरुको एकता भए मात्रै परिवर्तन सम्भव रहेको बताउँदै उनि बिकासमा हातेमालो गर्न आग्रह गर्छन ।
प्रदेशसभाको एक कार्यकाल पछि सघिंय ससंदको लागी निर्वाचन लड्ने मनसायमा रहेका भाट अब पार्टीको महादिवेशनमा युवाको सशक्त भुमिका हुनुपर्ने आवाज पनि उठाउँदै आएका छन् । अब पार्टी र ससंद तथा सरकारमा युवाको उचित सहभागिता हुनुपर्ने अडान उनको कायमै छ । युवाहरु राजनिति मात्रै होइन । ब्यवसाय, निजामती, शुरक्षाकर्मी लगायत जुनसुकै क्षेत्रमा कमा गर्न अगाडी बढ्नुपर्ने बताएका भाट बिदेशको भुत हटाउन सबैलाई आग्रह गर्छन् ।
प्रतिक्रिया