“साना किसानको वर्तमान एंव अध्यक्ष पाठकको आम प्रशिक्षण अभियान”

  बिहिबार ०५, बैशाख २०८२ ०६:१४

जनक महरा ।

अधिकांश शहरी क्षेत्रमा संचालित सहकारीहरूले मुख्य कारोबार बचत तथा ऋणको गर्दछन् । अधिकांश सहकारी संस्थामा तरलता अभाव, संचालक तथा कार्यकारी प्रमुखले सदस्यको बचतको दुरुपयोग गरेको तथा अनावश्यक क्षेत्रमा कर्जा गरेको देखिएको छ र सदस्यको बचत फिर्ता गर्न सकिरहेका छैनन् । यो समस्याको समयमै सम्बोधन भएन भने कुनै पनि बेला ठूलै वित्तीय संकट सृजना हुने गरेको छ । यदाकदा सहकारी संस्थाले सदस्यको बचत फिर्ता नगरेको, संचालकहरू फरार भएको वा सहकारी संस्था डुबेको भन्ने जस्ता समाचार त हामीले सुन्दै आएका थियौं तर, यति धेरै संख्या र मात्रामा सहकारी समस्यामा परेको भने पहिलो पटक हो । किन र कसका कारण सहकारी संस्थाहरू समस्यामा परे ? यो समस्या समाधानका लागि कसले के गर्न जरूरी छ ? आजको प्रमुख र संवेदनशील प्रश्न यही हो । हामीले बचत तथा ऋण सहकारीमा यस्ता यस्तै समस्या देखेतापनी साना किसान कृषि सहकारी संस्था लि.भन्ने हाल फरक रुपमा प्रस्तुत भैरहेको पाईन्छ । साना किसान कृषि सहकारी संस्था राम्रो सहकारी संस्था÷हाम्रो सहकारी संस्थाका रुपमा आम साना किसानले आफ्नो धारण व्यक्त गरेको हामी समाचार तथा अन्य माध्यमबाट सुनिरहेका छौं । 

साना किसान विकास अभियान वि.स. २०३२ सालबाट सुरु भयो । दुरदराज र ग्रामिण क्षेत्रमा रहेका निम्न आय भएका सिप र क्षमताको उचित उपयोग गर्न नसको किसानलाई सिप र क्षमता विकास गरी कृषि तथा व्यवसायमा प्रोत्सान गर्ने कार्य साना किसान कृषि सहकारीले गर्दै आएको छ । साना किसान कृषि सहकारी किसानहरुको शेयर लगानीमा किसानहरुले नै सामुहिक रुपमा संचालन गरेको सहकारी संस्था हो । संचालक, लेखा समिति सदस्य तथा कर्मचारी समेत किसान परिवारका सदस्य नै रहेको हुन्छन् । 
किसानहरुले मासिक रुपमा समुह तथा अन्तरसमुहको बैंठकबाट बस्ने गर्दछन र त्यही सदस्य किसानले आफ्नो शेयर तथा बचत संकलन गरी संस्या बचत गर्ने गर्दछन । किसानहरुको ५ देखी ९ जनाको समुह तथा सोही समुहहरुबाट पढाईएका अगुवाहरुवाट अन्तरसमुह बन्ने गरेको छ । अन्तर समुह संस्थाको कार्यक्षेत्र अनुसार निधारर्ण गरिएको हुन्छ । सोही अन्तरसमुहबाट १ जना पदाधिकारी छनोट गरी संस्थाको साधारण सभाकोमा सञ्चालक समिति पठाउने र उक्त अन्तरसुमहबाट छानिएर आएका संचालक समिति पदाधिकारीहरुबाट सञ्चालक समिति अध्यक्ष र उपाध्यक्ष छनोट हुने गरेको छ । यसले के प्रस्ट पार्छ भने साना किसानमा एउटै परिवार वा गाँउ वा क्षेत्रको मात्र वहुलियता हुने गरी सञ्चालक समिति चयन हुदैंन । 
वास्तव मै साना किसान कृषि सहकारी संस्था किसान कै सहयात्री हो । सञ्चालक,  लेखा समिति र कर्मचारी गाँउकै छिमेकी किसान साझ विहान हलो, कुटो तथा कोदालो बोक्नै जिवन यापन गर्ने साथीभाई÷दिदिबहिनी हुन्छन् । 

सहकारी कसरी सञ्चालन गर्ने , सहकारीका सिद्धान्त, ऐन नियम तथा कानुन सम्बन्धी त्यहि धेरै चासो वा जानकारी नभएका व्यक्तहरुले साना किसानको नेत्तृव गरेको देखिन्छ । तर उँहा के थाहा छ भने साना किसान गाँउको सहकारी हो, यसका मालिक हामी आफैं हो, यसले हामी किसानहरुले बचत संकलन गर्ने , शेयर स्वीकार गर्ने तथा हामीले आफुलाई कृषि क्षेत्रमा लगानी गर्न कर्जा उपलब्ध गर्ने गर्दछ र हामीले किसानहरुलाई एक ठाँउमा ल्याउने कार्य गरेको छौं भन्ने प्रत्येक संचालकहरुलाई मज्जाले थाहा छ, त्यसैले सहकारी बदनाम हुँदा समेत गाँउको एउटा सानो संस्था साना किसानको चर्चा सुन्नमा आईरहेको छ । 
साना किसान सहकारी संस्थाले नँया शाखा÷सेवा केन्द्र खोल्दै व्यवसायिक रुपमा ठुलो कार्यक्षत्र स्वीकृत गरी काम गरेको खासै भेटिदैंन, बरु पल्लो गाँउ वा पालिकाको साना किसानले यस गाँउ÷पालिका मा पनि नँया सहकारी खेल्न प्रेरित गर्यो वा आफैं आएन स्थानिय भेला गरेर हामीलाई साना किसान कृषि सहकारी दर्ता गरी संचालन गर्न सिकाएर गयो भन्ने सुनिन्छ । भन्नुको अर्थ साना किसान कृषि सहकारी केही निश्चित धनी पुजिँ पनिहरुले जनताको निक्षेप तथा शेयर लिई सो पुँजिमा आफु रजाई गर्न खोलेको सहकारी संस्था होइन र त्यस्तो हुदैंन । किन भने संस्थाका एक सय रुपँया शेयर खरिद गर्ने किसान समेत संचालक बनेको छ । कहिले विद्यालय नगएका , आफ्नो नाम लेख्न समेत परोठ शिक्षाको कारण सिकेका किसान सदस्य समेत अगुवा छन् । 

केही बचत तथा ऋण सहकारी संस्थाले गरिको गलत क्रियाकलापले आम सदस्यको बचत फिर्ता, शेयर फिर्ता गर्न नसकेको कुरा त जानकारी नै छ । संस्था बन्द भएका छन्, संचालकले आर्थिक हिनामाना गरेको खबर आउदै छन् । यसको प्रभाव साना किसान कृषि सहकारी संस्था लि.मा पर्छ । संचालक, कर्मचारी तथा लेखा समिति सदस्य चतुर भए हुन्थो । साना किसान कृषि सहकारी संस्थामा समस्या छैन् । साना किसान कृषि सहकारीमा साना किसान लघुवित्त वित्तीय संस्था लि. तथा नेपाल कृषि सहकारी केन्द्रीय संघले विभिन्न सहयोग, अनुगमन तथा संस्थागत सुद्धिढीकरण, नेत्तृव क्षमता विकास तथा नियम कानुन सम्बन्धी जानकारी दिने कार्य गर्छ । सञ्चालकले नियमित रुपमा सहकारी ऐन, कानुन को बारेका जानकारी लिनु पर्छ । लगाएत कुनै पनि हालतमा साना किसान कृषि सहकारी संस्थामा समस्या आयो र सदस्यको बचत फिर्ता भएन, संस्था बन्द भयो भन्ने खबर नआए हुन्थो भन्ने पिर, चिन्ता र चासो धेरैमा छ । 
जसमा सबै भन्दा बढी पिर, चिन्ता र चासो खेम बहादुर पाठकलाई छ भन्ने कुरा अहिलेको कृषि सहकारी संस्थाका अगुवाहरुका लागी आम प्रशिक्षण कार्यक्रममा पानी समेत पिउन बिर्सिएर लगातार ६ घन्टा सम्म एक्लै २ सय देखि ३ सय जना सहकारी संस्थाका सञ्चालक, लेखा समिति तथा कर्मचारीहरुलाई दैनिक रुपमा प्रशिक्षण गर्दै देशव्यापी अभियानले प्रस्ट पारिरहेको छ । खेम बहादुर पाठक धादिङ जिल्लामा किसान परिवारमा जन्मिएर खोल्सामा खेल्दै, बस्तु भाउ चराउँदै र खेतीपाती गर्दै हुर्किएका व्यक्ती तथा साना किसान अभियानका अभिभावक हुन् । हाल साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्ष पदमा सहि सहकारी अभियानमा निरन्तर लागी रहनु भएको छ ।

खेम बहादुर पाठकको देशव्यापी सहकारी अगुवाहरुलाई प्रशिक्षण अभियान 
देशभर चौंध सय भन्दा बढी साना किसान कृषि सहकारी तथा यस बाहेक जिल्ला , प्रदेश तथा नेपाल कृृषि सहकरी संघमा आवद्ध अन्य कृषि सहकारी संस्था ७७ वटै जिल्लामा छन् । उक्त साना किसान कृषि सहकारी तथा अन्य कृषि सहकारी संस्थामा हजारौंको संख्यामा सञ्चालक सदस्य, लेखा समिति सदस्य तथा कर्मचारी रहेका छन् । उक्त सहकारीका अग्रपन्तीमा रहेको व्यक्तीहरुलाई आम प्रशिक्षण अभियानमा सहकारी अभियान्ता पाठक निरन्तर लागी परेका छन् । उहाँले देशव्यापीरुपमा कायक्रम संचालन गरेको तथा सोहि अनुसार ७७ वटै जिल्लामा उक्त अभियान चलाउने योजना सहित सहकारी अगुवा आम प्रशिक्षण गरी रहेका छन् । 

  अहिले समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । जसमा साना किसान कृषि सहकारी संस्था लि. महत्वपुर्ण रुपमा हेर्ने गरिन्छ । साना किसान कृषि सहकारी तथा अन्य कृषि सहकारी संस्थामा संस्थागत सुशासन कायम गराउने, सञ्चालक, लेखा समिति तथा कर्मचारीहरुले निरन्तर ऐन  निर्देशिका अन्य तथा आफ्नो जिम्वारी, काम कतव्र्य अनुसार लगनशिल हुने, साना किसान अभियानमा निरन्तर लाग्ने, कर्जा लगानी असुली तथा पुँजि परिचालन गर्ने पद्धती, भाखा नाघको असुली, संस्थागत स्तरिकरण सुधार, सदस्य शिक्षा कार्यक्रम विस्तार तथा सहकारीमा हिनामिना, वेमानी गर्ने, छुठा कागपपत्र तयार गरी पदको दुरुपयोग, सदस्यहरुको हित विपरितको कार्य गर्दा हुने कानुवी दण्ड सजायका सम्बन्धी जानकारी गरी आम प्रशिक्षण गराउर्दै आएका छन् । 

नेपालको सहकारी अभियानले ७ दशक लामो संस्थागत अभ्यास गरीरहँदा सहकारीको विकास र विस्तारमा थुप्रै समस्या र चुनौती देखिएका छन् । तथ्यांकको मात्र विश्लेषणगरेर पुग्दैँन । सहकारी क्षेत्रले वित्तीय साक्षरता, उद्यमशिलताको विकास, कृषि तथा रोजगारीमा टेवा, वित्तीय पहुँच, वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणमा धेरै ठूलो भूमिका खेलेको छ ।त्यसैले सहकारीको योगदानको मात्रै चर्चा गरेर यस क्षेत्रका कमजोरीलाई ढाकछोप गर्दै जाने हो भने कुनै दिन सहकारी क्षेत्र नै धरासायी हुने देखिन्छ । 

सहकारीमा आएको समस्याले साना किसानमा प्रभाव नपर्ने नै भन्ने पनि छैन् । के सबै सहकारीले हिनामिना, कर्जाको दुरुपयोग लगाएत प्रत्यक्ष रुपमा सहकारी कमजोर वा बन्द हुने अवस्थामा कुरा सत्य नहुन पनि सक्छ । सहकारीका सिद्धान्त, मुल्य मान्यता, सहकारीको अर्थ, सहकारी सञ्चालन प्रकृयाको प्रवावकारी ज्ञान सिप र दक्षताको अभावले समेत सहकारी समस्यामा परेका छन् । त्यसै साना किसानमा यस्ता समस्या आउन नदिन, साना किसानको छवि कायम गरिराख्न तथा कृषि, उद्यमको क्षेत्रमा साना किसानको लाई अब्बल बनाई राख्न अध्यक्ष खेम बहादुर पाठक लागि परेका छन् । 


देश व्यापी सहकारी अगुवा आम प्रशिक्षणमा अध्यक्ष पाठकका मुख्य विषय बस्तु

 

  • सहकारीका सदस्यहरुलाई सहकारी मेरो हो भन्ने भावनाको विकास गरौं 

वास्तवमा सहकारीका शेयर सदस्यहरुले सहकारी संचालक समिति, कर्मचारी वा अरु कसैको हो जसको मालिक अरु नै कोही हो, सदस्य बन्ने सहकारीको सुविधा उपभोग गर्ने उपभोक्ताको रुपमा प्रस्तुत भएको पाईन्छ । अध्यक्ष पाठक भन्छन् “सहकारी कस्को हो ? सहकारीमा लगानी कस्को हो ? सहकारी संस्थाका शेयर सदस्यले सहकारीको म नै हो भन्ने कुरा प्रस्ट भए भने सहकारी बचत फिर्ता दिन नसकेर बन्द हुदैंन ।”

  • सहकारी संस्थाका अगुवाले सदस्यलाई पटक–पटक सदस्यलाई सहकारी बुझाउन आन्दोलनको रुपमा लाग्नु पछ ?

 सहकारी संस्थाका अगुवाहरुले सहकारीको बारेमा सदस्यहरुलाई पारर्दशि रुपमा सहि सुचना प्रदान गर्न आवश्यक छ । सहकारी संस्थाको अवस्था कस्तो छ ? सदस्यमा दिने सेवासुविधा के के छन ? सहकारीको वित्तीय अवस्था कस्तो छ ? सदस्यहरुलाई स्पष्ट रुपमा जानकारी गराउनु पर्छ । सदस्यहरुलाई सहकारी बुझाउन आन्दोलनको रुपमा निरन्तर लागी रहन सके मात्र सहकारी संस्था दिर्घकालिन बन्न सक्छ, होईन भने अहिले कार्यक्षेत्र वा वासलातको आधारमा ठुला हौं भन्ने सहकारी संस्था पनि बन्द भयो भन्ने खबर आउन समय लाग्दैंन । त्यस सहकारीमा कस्को लगानी सहकारी बिग्रिए हामीले संस्थाबाट पाउने सुविधा लिन सक्दैंनौ हाम्रो बचत, लगानी डुब्न सक्छन् भन्ने विषयमा सदस्यलाई सचेत गराउने पर्छ । 

  •   सहकारी जन्माउने काम मात्र भयो, र्हुकाउने, नियमन तथा नियन्त्ररण गर्ने काम भएन्

केही समाजका टाठाबाठाहरुले सहकारी दर्ता गरेर सदस्यको बचत तथा लगानी संकलन गरेर मनमानी परिचालन गर्ने, उदेश्य विपरित आफु र आफ्ना आरेपासेलाई लगानी गर्न र मनपरी रुपमा सहकारी चलाउन पाईदैंन । अध्यक्ष खेम बहादुर पाठकले भन्नु भएको अनुसार “नियमन गर्न नसक्ने गरी सहकारीलाई लाईसेन्स दिनु सबै भन्दा ठुलो कमजोरी हो, जो आयो त्यसैलाई अध्ययन र अनुसन्धान नगरी क्षेत्र छनोट नगरी सहकारी दर्ता गर्ने, एउटै ठाँउमा समान प्रकृतीका आवश्यकता भन्न अधिक सहकारी सञ्चालन गर्न स्वीकृत दिएर त्यसको नियमित जाँचबुझ, तथा नियमन नगर्ने गरेर समेत समस्या आएको छ ।नियामक निकायसँग न त विश्वसनीय तथ्यांक छ न त नियमनका लागि आवश्यक व्यावसायिक क्षमता नै । सहकारी दर्ता तथा नियमनको अधिकार तीनै तहको शासकीय तहमा प्रत्यायोजन गरिएकोले गर्र्दा समस्या झन् भयावह बन्दै गएको छ । प्रभावकारी नियमन नहुँदा सहकारी मार्फत सदस्यको ठूलो रकम जोखिममा परेको छ । त्यसैले सहकारीको निश्चित क्षेत्रमा आवश्यकता हेरी दर्ता गर्ने र निरन्तर नियमन गर्न आवश्यक छ साथै संस्थाका अगुवाहरुले समेत सहकारी ऐन , निर्देशन र सिद्धान्त अनुसार सञ्चालन गर्न सक्ने ल्याकत राख्नु पर्दछ ।”

  •   हचुवको भरमा संचालक बन्न पाईदैन, सहकारी बुभेको वा वुझने् क्षमता, चासो भए मात्र सहकारी संचालक वा लेखा समितिमा चयन हुन् पाईदैँन,

   सुविधा र पदको लोभमा सहकारी संस्थामा सहकारी नै नबुझेको मान्छे सहकारीको समितिमा चयन हुनुहुदैँन, सहकारीको सञ्चालक वा लेखा समितिको पदाधिकारी बन्न सहकारी बुझनै पर्छ वा बुझेको हुन आवश्यक छ । सोध्दा सहकारीको विषयमा केही थापा नपाउने तर भन्दा सहकारीको सञ्चालक ! लेखा समिति सदस्य ! सहकारीको अध्यक्ष, उपाध्यक्ष !!!  लेखा जोखा वा सहकारीको प्रत्येक त्रैमासमा लेखा अभिलेख, संस्थागत अवस्था, वित्तीय गुणस्तर अध्ययन गरेको हुदैँन, भन्दा लेखा समिति संयोजक ! भन्दै छाति फुलाउन कसैले पनि पाउदैँन । पदमा बस्नु छ भने पदिय जिम्वेवारीको सत् प्रतिसत पालना गर्ने पर्छ, अध्यक्ष पाठकले प्रत्येक कार्यक्रममा बन्दै आउनुभएको छ । 

  •  सहकारी क्षेत्र उत्पादन र व्यवसायमा संलग्नता र लगानी

नेपालको संविधान भाग–४ राज्यका निर्देशक सिद्घान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५) को उपधारा ३ मा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्घ अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्य हुनेछ’ भन्ने उल्लेख छ ।सहकारीको उत्पादन प्रणालीमा लगानी, स्वामित्व, संचालन र लाभ सामूहिक ढंगले नै हासिल हुने कारण सामाजिक न्यायसहितको विकासको परिकल्पना गर्दा यस क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ । 
यसै पनि सार्वजनिक निकायले उत्पादन तथा व्यवसायमा प्रत्यक्ष रूपमा सहभागी नहुने र निजी क्षेत्र नाफामूलक क्षेत्रमा मात्र आकर्षित हुने हुँदा सहकारीको भूमिका महत्वपूर्ण छ ।सहकारी क्षेत्र उत्पादन र व्यवसायमा संलग्न नहुने हो भने आर्थिक विकास त हुनसक्ला तर आर्थिक प्रगति हुन सक्दैन ।  तीनै तहका सरकारहरूले सहकारी क्षेत्रसँग कसरी समन्वय र सहकार्य गर्ने भन्ने विषयमा नीतिगत, कानुनी र कार्यान्वयनको तहमा स्पष्ट मार्गचित्र बनाउन जरूरी छ । यो पर्याप्त मात्रामा हुन सकेन । त्यसकारण सहकारी संस्था उत्पादन तथा व्यवसायमा समेत काम गर्न आवश्यक छ । 
सदस्यहरुले कस्तो प्रकृतिको उत्पादन गरिरहेका छन् । उत्पाल लागत र उत्पादकत्वको अवस्था के छ ? सदस्यहरुले कृषि तथा व्यवसायबाट सजिलो तरिकाले आम्दानी गरेर आफ्नो जिवनयापक गर्न सक्ने तथा संस्थाबाट लिएको ऋणको साँवा तथा व्याज तिर्ने क्षमता हेरी कर्जा लगानी गर्न आवश्यक छ । संचालकले कर्मचारी नचिन्ने, कर्मचारी सदस्य पहिचान गर्न नसक्ने मनपरी सदस्य विस्तार गर्न उत्पादित क्षेत्रमा भन्दा गैर उत्पादित क्षेत्रमा लगानी गर्ने प्रवृति अन्य गर्नुपर्छ । 

  • सञ्चालक = सहनशिल, सम्वेदन सिल, सामूहिक समृद्धि + चतुर, चासो दिने + लगनशिल, निरन्तर लागि रहने + कतव्र्यनिष्ठ

सहकारी स्वभावैले सहनशिलता, सम्वेद सिल, सामूहिक समृद्धिको सपना देख्ने ठाँउ हो । सदस्यका आवश्यकता र आकांक्षा पूरा गर्न सामूहिक स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणद्वारा संचालन हुने भएकोले यस क्षेत्रमा सरकारको नियमन र हस्तक्षेप भन्दा पनि प्रवद्र्धनात्मक भूमिकाको अपेक्षा गरिन्छ । सहकारीको संचालक सहकारीको समृद्धि प्रति चतुर, चासो दिने हुनु पर्दछ । सहकारी लगनशिल लागि परेर ऐन–कानुनको पालना, आन्तरिक नियमन, अनुगमन र लेखा परीक्षणलाई प्रभावकारी र बाध्यकारी बनाउन, सुशासन र वित्तीय प्रतिवेदनका आधारभूत मूल्य र मापदण्डलाई इमानदारीपूर्वक कार्यान्वयन गराउन संचालक, कर्मचारी तथा बिशेष गरी लेखा समिति लाग्न आवश्यक छ ।सहकारी सुशासनका लागि सदस्य, संचालक समिति, लेखा सुपरीवेक्षण समिति एवं कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । यदि, यीमध्ये कुनै पक्षको भूमिका प्रभावकारी भएन भने सुशासनको सुनिश्चितता हुँदैन । 

 

  •  सहकारीको सिद्धान्त, मूल्य, मान्यता विपरीत कार्य गरे हुने कारबाही 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले सहकारी संस्थाको पुँजिको लगत प्रयोग, बचत एंव शेयरको दुरुपयोग, ऐन विपरित कार्य गरेको खण्डमा हुने दण्ड र जरिवानाको विषयमा समेत आम प्रशिक्षण कार्यक्रममा व्यापक चर्चा तथा छलफल गर्न गरेका छन् । जसले गर्दा सहकारी संस्थाका सञ्चालक, लेखा समिति तथा कर्मचारीले कानुनी व्यवस्थाको पुर्ण पालना गर्न सहयोग पुग्ने जानकारी दिनुभयो । 

अध्यक्ष पाठकले प्रत्येक दिन नँया बिषय सहित साना किसान कृषि सहकारी संस्थाको अगुवाहरुलाई आम रुपमा प्रशिक्षण दिदैं आउनु भएको छ । चालु आर्थिक बर्षमा कम्तीमा एक पटक भएपछि ७७ वटै जिल्लामा रहेका साना किसान तथा अन्य कृषि सहकारी संस्थाका संचालक, लेखा समिति, कर्मचारी तथा अन्य पदाधिकारीहरुलाई प्रशिक्षण गर्ने योजना सुनाएका छन् । उहाँले कृषि सहकारी संस्थाको अगुवाहरुलाई आम रुपमा प्रशिक्षण कार्यक्रमलाई निरन्तर रुपमा चलाईरहने तथा सहकारी संस्थाका अगुवाहरुले समेत यस्तो सदस्य आम प्रशिक्षण कार्यक्रम गरी देशव्यापी सहकारी सदस्य शिक्षा कार्यक्रम निरन्तर गर्न सहकारी संस्थाहरुमा अनुरोध गर्दै आएका छन्  । 

सहकारी संस्थाले सामुहिक रुपमा सामुदायमा आधारित तथा सदस्यहरुको स्वपुँजिमा सञ्चालित संस्था हो ।  सम्पुर्ण सहकारी कर्मिहरुले सदस्यमा सहकारीको वास्तविकता, पारदर्शिता तथा सम्वेदनशिलताको बारेमा आप प्रशिक्षण गराउन आवश्यक छ । सहकारी वदनाम भैरहेका छन्, अव हजारौं सहकारी कर्मिले आफ्नो साख जोगाईराख्न सहकारी शिक्षा अभियान चलाई राख्न आवश्यक छ । 


 

clock बिहिबार ०५, बैशाख २०८२ ०६:१४

प्रतिक्रिया