शिखर नगरपालिकाका किशोरीहरुलाई जीवनोपयोगी सीप सम्बन्धि तालिम

  मङ्गलबार २३, जेठ २०८० ११:५५

धनगढी । सामाजिक बिकास कार्यालय डोटीले शिखर नगरपालिकाका किशोरीहरूलाई जीवनोपयोगी सीप सम्बन्धि क्षमता अभिबृद्धि गरेको छ ।

ग्रामीण क्षेत्रमा रहेका ११ वटा वडाका २५ जना किशोरीहरुलाई जीवन उपयोगी सीप सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक जानकारी दिई क्षमता अभिबृद्धि गर्ने उद्देश्यले १० दिने तालिम दिईएको प्रशिक्षक तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुमित्रा थापामगरले बताए ।

तालिम कार्यक्रमको समापन गर्दै शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरले आफुले तालिममा सिकेका ज्ञान र सीपलाई अरु किशोरीहरुलाई हस्तान्तरण गर्न सहभागिहरुलाई आग्रह गरे ।

पछिल्लो समय सामाजिक सन्जालको बढ्दो दुरुपयोगको प्रभाव किशोर किशोरीहरुमा परेको बताउदै नगर प्रमुख बलायरले किशोर किशोरीहरुले जीवनउपयोगी सीप मार्फत आफुलाई रुपान्तरण गर्नु पर्ने कुरामा जोड दिए।

यसैगरि समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उप प्रमुख सुनिता रावल (जोरा) ले जसको सवाल उसैको नेतृत्वलाई साकार पार्न किशोरीका समस्या सामाधानका लागि किशोरीहरु स्वयंले नेतृत्व गर्नु पर्ने बताए ।

तालिममा सहभागिहरुले जीवनउपयोगी सीप बिकास तालिमलाई ग्रामीण क्षेत्रका हरेक किशोरहिरु सम्म पुर्याउनु पर्ने बताएका थिए । तालिममा प्रशिक्षक महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख सुमित्रा थापामगर र नितु मल्लले सहजिकरण गरेका थिए ।

clock मङ्गलबार २३, जेठ २०८० ११:५५

प्रतिक्रिया