नावालकैमा बुवा गुमाएका दिपक सिपाही हुँदै प्रहरी अफिसर सम्मको यात्रा

  शुक्रबार २१, चैत २०८१ ०७:३६

धनगढी । हरेक सफल मानिसको जिवनमा कुनै न कुनै सघंर्ष त हुन्छ नै । सघंर्ष बिना मानिस सफल पनि हुँदैन । तर केही मानिसले सहज जिवनसैली बनाउनपनि निकै सघंर्ष र त्याग गर्नुपरेको हुन्छ । यस्तै कता ब्यथाबाट आफ्ना सपना साकार बनाएका एक ब्यक्ती हुन् दिपक धामी, जो अहिले नेपाल प्रहरी निरिक्षक भएर देशको सेवा गरिरहेका छन् । २०४८ साल कार्तिक महिनामा डोटी जिल्लाको तत्कालिन बरवाटा गा।बि।स वडा नम्बर १ (हाल सिखर नगरपालिका)१० सिमखोलीमा जन्म लिएका दिपक धामीको कथा पनि छुट्टै छ ।

बुवा कर्ण बहादुर धामी र आमा धनादेवी धामीका दोश्रो सन्तानका रुपमा दिपकले जन्म लिएका थिए । जन्मेको साढे ३ बर्षमै दिपकले बुवा गुमाउनुप¥यो । सामान्य परिवारमा जन्मेका दिपकले राम्रो सगं बुवा सब्द बोल्न नपाउँदै सधैँका लागी बुवा गुमाउनुप¥यो । तोते बोली नफुट्दै बुवा गुमाएपछि त्यतिबेलै उनको सघंर्ष शुरु भयो । आमाले घरमा भैँसी र बाख्रा पालन गर्ने हुँदा दिपक, एकजना दिदि र भाइलाई आधारभुत शिक्षा भने दिनुपर्छ भन्ने मनसाय बन्यो ।


अनी दिपकले गाउँकै सिद्धनाथ प्रार्थमिक बिद्यालय सिमखोलीबाट औपचारिक शिक्षाको प्रारम्भ गरे । सोही बिद्यालयबाट कक्षा ५ सम्म अध्यायन गरेका दिपकको शिक्षा मध्यम खालकै रह्यो । त्यसपछि कक्षा ६ देखी माध्यमिक तहसम्म उनले राधाकृष्ण माध्यमिक बिद्यालय गोबघाटमा अध्यायन गरे । एस।एल।सी सम्मपनि उनको पढाई मध्यम खाललेनै अगाडी बढ्यो । आमाले बाख्रा अनी घ्यु बेचेर जेनतेन खर्च चलाइरहेकी थिइन् । माध्यमिक तहको शिक्षा पुरा गरिसकेपछि प्रबिणता प्रमाणपत्र तह अध्यानका लागी दिपक सिताराम क्याम्पस डोटीमा भर्ना भए । प्रबिणता प्रमाणपत्र तह उत्तिर्ण गरिसकेपछि सोही क्याम्पसमा स्नातक तहको अध्यायन दिपकले शुरु गरे । स्नातकको पढाइका लागी शुल्क समेत तिर्नुपर्ने भएपछि उनलाई आर्थिक अभावले सतायो । भनेको बेला घरका बाख्रा खशी बिक्रि नभइदिएपछि क्याम्पस शुल्क तथा किताब, कापी किन्नपनि उनलाई निकै समस्या हुन थाल्यो ।
स्नातकको पढाई गर्दै गर्दा उनले कलेज शुल्क तिर्नसम्म भएपनि केही काम गर्नुपर्छ भन्ने मनसाय बनाए ।

अनी क्रिस्टल बोर्डिङ स्कुल गोबघाटमा उनले अध्यापन गर्ने अवशर पाए । मासिक ४ हजार पारिश्रमिक पाउन थालेपछि दिपकले कलेज प्राइभेट पढ्ने निधो गरे र अध्यापन शुरु गरे । गोबघाट हुँदै बाजुरासम्म उनले निजि स्कुलमा अध्यापन गरे । स्कुल पढ्ने बेला एक्ली आमाले तिन जना शन्तानको खर्च ब्यहोर्नुपथ्र्यो, न त पर्याप्त जग्गा जमिननै थियो नत अन्य सम्पति नै । छोरा÷छोरीको स्कुल खर्चका लागी घ्यु अनी बाख्रा बेच्ने दिपककी आमा बिहान, बेलुकाको छाक टार्नै समस्या हुँदा माइतिमा गएर अन्नपात ल्याएर आउने गर्थिन् ।

स्कुल पढ्ने बेला किताबको कभर हाल्दा स्टिज नपाएर धागोले सिलाएको दिपक सम्झिन्छन् “गाउँमा मेला लागे स्कुल डे«समै जान्थ्यौँ, हरेक बर्ष दशैँमा नयाँ कपडाका रुपमा हामीले स्कुल डे«स पाउँथ्यौँ, त्यही हाम्रो नयाँ लुगा हुन्थ्यो, च्यात्तिएको पाइन्ट टालेर, सर्ट सिलेर, तुना चुँडिएको झोला बाँधेर स्कुल गएका याद झलझली आउँछन्, कक्षा ११ मा पढ्दा मामाको छोराले नयाँ कपडा किनिदिएको याद छ, सायद स्कुल डे«स बाहेक नयाँ कपडा देखेको त्यही क्षण होला, त्यो कपडाले दिएको खुशी जिवनभरी बिर्षिदैन ।” नयाँ परिकार अथवा माछा माशु खानपनि चाडबाडनै कुर्नुपरेका कथा दिपक सुनाउँछन् । घरबाट स्कुल जान एक घण्टा लाग्थ्यो उनले भावुक हुँदै सम्झे “भोग लागेमा खाजा खानु भनेर आमाले दुई रुपयाँ दिनुहुन्थ्यो कहिले काँही, त्यो रुपयाँको मिश्री किनेर पानी सित खाएको सम्झना ताजै छ ।”

अरुका बुवा इण्डियाबाट चाडवाडका बेला घर फर्किन्थे, अनी नयाँ कपडा ल्याइदिएको देख्दा मैलेपनि लाउन पाए हुन्थ्यो भनेर सोच्दाका दिन दिपक सम्झिन्छन् । अनी साथीहरुले बुवाको हात समाएर मेलापात गएको देख्दा मेरो पनि बुवा हुनुहुन्थ्यो भने यसरीनै जान्थे भनेर सोचेको उनि सम्झिन्छन् । तोते बोली नफुट्दै बुवा गुमाए दिपकले भने “मैले त बुवा भन्ने सब्दनै बोल्न पाएन, म भन्दा पछिको भाई ६ महिनाको हुँदै बुवा बित्नुभयो, हाम्रा लागी त बुवा अनी आमा भनेको सबै आमानै हुनुहुन्थ्यो, उहाँलेनै दुइटैको भुमिका निभाउनुभयो र अहिले यो स्थानमा छु ।”

एक पटक क्याम्पसको शुल्क तिर्न नसकेर भारत तिर लागौँ भन्ने दिपकले सोचेका थिए । ठ्याक्कै आमाले पालेको खशी बिक्रि भएपछि उनि क्याम्पस शुल्क तिरेर नेपालमै रोकिए । अनी शिक्षक सेवा पास गर्ने र नेपालमै शिक्षण सेवा गर्ने धामीको योजना थियो । यि उकाली र ओरालीकै बिच २०६९ सालमा धामीको बिवाह भयो । गाउँका केही साथीभाई प्रहरीमा जागिर खाएका थिए, अनी भरखरै बिवाह पनि भएको, अनि दिपकलाई आर्थिक भारपनि थपिदै गयो । ठिक्क त्यतिबेला दिपायलमै प्रहरी जवानको भर्ना खुल्यो, गाउँका अन्य साथीहरु समेत भर्नाका लागी आवेदन भर्न थालेपछि दिपकलेपनि प्रहरी जवानमा आवेदन दिए । सुखद पक्ष भन्नुपर्छ उनले पहिलो प्रयासमै प्रहरी जवानका सबै परिक्षा गरे । दिपकले २०६९ सालदेखी २०७४ सम्म प्रहरी जवान भएरै सेवा गरे ।

यो अवधीमा उनले प्रहरी सहायक निरिक्षकको तयारी शुरु गरिसकेका थिए । प्रहरी जवानमा मात्रै बस्नुहुन्न, असै सम्म त बन्नुपर्छ भन्ने उनको मनमा खेलिरहन्थ्यो । र बिभिन्न सिनियर हरुसगं सल्लाह लिदै गर्थे । काठमाण्डौँमा गएर तयारी नगर्दासम्म सहायक निरिक्षकको परिक्षा पास गर्न सकिन्न भन्ने सुझाव सुन्दा उनि सकिन्नकी सोच्थे तर ति कुरालाई बाहिर राखेर उनले आफ्नो तयारी निरन्तर राखे । घरमै तयारी थाले । प्रहरी जवान हुँदा धनगढीको दिपेन्द्र प्रहरी आवासिय स्कुलमा पढाउने काम पनि गर्थे दिपकले भने “साँझ कोठामा आएर पढ्न शुरु गर्थे, एउटै कोठा थियो दुई बाबुहरु सुतिहाल्थे, उनिहरुलाई निद्रा डिस्टर्व हुन्छकी भनेर टर्च बालेर कुर्सीमा बस्दै पढ्न शुरु गर्थे, कहिले काँही त कुर्सीमै निदाएर उज्यालो भएको थाहा हुन्थ्यो, आफ्नै मेहेनतलाई निरन्तर राखेर तेश्रो प्रयासमा मैले प्रहरी सहायक निरिक्षकको परिक्षा पास गरे ।”

तालिम सकेर २०७९ सालसम्म दिपकले सहायक निरिक्षकको काम गरे । प्रहरी सहायक निरिक्षकमा नाम निकालिसकेपछि दिपकले प्रहरी निरिक्षकको तयारी शुरु गरे । स्नातगोत्तर तह सम्मको अध्यायन गरिसकेका दिपकलाई योग्यता अनुसार तयारी गर्न प्रेरित गरिरह्यो । फेरी प्रहरी निरिक्षकको तयारीमा उनि जुटे । आफै पढ्ने तथा अनलाइनबाटै पढाई गर्दै उनले दुई पटक परिक्षा दिएपनि सफल भएनन् । बिभिन्न समस्याका वाबजुत तयारी नपुगेर सफलता नपाएका उनले तेश्रो प्रयासमा सफलता प्राप्त गरे । २०७९ सालमा दिपकले नेपाल प्रहरीको निरिक्षक पदमा नाम निकाले । तालिम सकेपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा पोस्टिङ भएका उनि हालसम्म कैलालीमै कार्यरत छन् ।

प्रहरी सहायक निरिक्षक र निरिक्षकको तयारीका बेला आफ्नो ड्युटी बाहेक कुनै कार्यक्रम, साथीभाई, आफन्त भेटघाटमा समेत समय दिएन दिपकले सुनाए “मलाई लोकसेवा प्रती पागलपन थियो, आफन्त, साथीभाइलाई नभेट्ने, फोन समेत नउठाएर तयारी गरे, खप्तड स्वामीको भनाई जस्तै ‘पुर्ण आत्मबिश्वास र निरन्तर अभ्यासले मानिसलाई सफल बनाउँछ’ भन्ने भनाई लाई अगांल्दै म अघी बढे र गरेको मेहेनत अनुसार फल प्राप्त गरेको जस्तो लाग्छ ।”

एउटा चट्टानको बिचबाट पिपलको बिरुवा उम्रिन सक्छ, त्यो चट्टान फुटाएर बिरुवा उम्रिन सक्छ भने हामीले पनि सघंर्ष गर्नै पर्छ भन्ने मेरो मान्यता हो दिपकले भने “मेरो जस्तो पारिवारिक स्थिती थियो भने यो किसिमले अगाडी बढ्न सबै सक्नुहुन्थेन लाग्छ, घरमा खान लाउन समेत नपुग्ने परिवारमा हुर्केको मान्छे, मामा घरबाट खाद्यान्न ल्याएर आमाले हामीहरुलाई पाल्नुभएको हो, आमाको भाग्य की के भनौँ, बाख्रा पाल्न सक्यो भने राम्रै हुन्थे, आमाले पालेका बाख्राले मात्रै हाम्रो जिन्दगी अगाडी बढेको हो, केही नहुनेको भगवान हुन्छन्, भन्ने एउटा भनाई छ त्यो मेरो जिवनमा लागु भए जस्तो लाग्छ ।”

बुवा मात्रै भइदिएको भए पनि यो खालको कठिनाई भोग्नु पर्ने थिएन होला, दिपक भावुक हुन्छन् “बुवा नभएकै कारण यो समस्या खेप्नुपरेको हो, म भन्दा अगाडी दिदि हुनुहुन्थ्यो, म अनी भाई तिन जनाको पालनपोषण अनी शिक्षा÷दिक्षा दिन आमालाई सहज थिएन तरपनि उहाँले आँट गर्नुभयो र सफल भए, तर आमाको इच्छा मलाई प्रहरी बनाउने थिएन, सकंटकालमा माओवादी जनयुद्ध देख्नुभएका आमालाई प्रहरीमा गए के पो हुन्छ भन्ने डर थियो, तर अवस्था त्यस्तै आयो र प्रहरीमै सेवा गर्ने अवशर मिल्यो ।” प्रहरीमा प्रवेश गर्दा सरकारी जागिर खायो भनेर आमा खुशी हुनुभयो उनले भने “त्यो भन्दा परिवारमा थप खुशी प्रहरी सहायक निरिक्षक अनी प्रहरी निरिक्षक हुँदा छायो, भारत गएर मजदुरी गर्छ की भन्ने छोरो प्रहरी अफिसर भएर गाउँ आउँदा आमामा खुशीको सिमा रहेन ।”

प्रहरी निरिक्षक बनेर धेरै ठुलो भए, धेरै तलव पाइन्छ भन्ने त छैन जे होस आत्मसन्तुस्टी भने छ दिपकले सुनाए “मैले जस्तै समस्या मेरो बाबुहरुले भोग्नुपरेको छैन, बाबुहरुलाई स्कुल पढाउन सकेको छु, घर खर्च चलाउन सकेकै छु, घरका समस्या टार्न सकिएकै छ, धेरै आम्दानी नभएपनि प्रहरी अफिसर भएर देशको सेवा गर्न पाएको छु, हिजो र आज समाजले मलाई हेर्ने नजर परिवर्तन भएको छ, यही सबैभन्दा ठुलो खुशी हो ।”

अहिले नेपालमा केही गर्नै सकिदैन, एक÷दुई प्रयासमा असफल हुँदा हरेस खाने प्रवृती हावी छ दिपकले भने “कर्म हामीले गर्ने हो के, मेहेनत जती सक्दो गर्ने हो एक दिन अवश्य सफल भइन्छ, अवशरले हामीलाई खोज्दैन हामीले खोज्ने हो, नेपालमा धेरै अवशर छन् बिदेशमै जानुपर्छ भन्ने छैन, जहाँ गएपनि काम नै गर्ने हो त्यस कारण नेपालमै भएका अवशर खोजौँ ।”

लोकसेवा तयारी गरिरहका युवा,युवती हरुलाई आफै मेहेनती बन्न दिपकले सुझाव दिएका छन् । आफुले मेहेनत गरे लोकसेवामा सफलता मिल्ने उनको भनाई छ । लमेकसेवाको तयारीमा निरन्तरता हुनुपर्छ उनले भने “आत्मबिश्वास, प्रतिबद्धता अनी लोकसेवाको प्याटनमा ढल्न सक्नुपर्छ, सेलेवसमा आधारित भएर तयारी गर्ने, श्रोतहरुबाट सामग्री सकंलन गर्ने, सकेसम्म आफ्नै शैलिको नोट बनाउनुपर्छ, म त पहिला नोट बनाउने अनी प्रश्न बनाउने र आफ्र उत्तर लेख्ने गर्थे, त्यस कारण परिक्षामा झुक्किने समस्या नहुने रहेछ ।” अरुका कारण सफलता हुने भन्दापनि स्वयम आफ्नो लगाब भएपछि मात्रै मेहेनत अनी सफलता तर्फ उन्मुख हुन सकिने धामीको भनाई छ । हामीले नेपालमै मेहेनत गर्न सके अफिसर बन्न केही समस्या छैन उनले भने “आफ्नै ठाउँमा काम गरे आफ्नो परिवारमा समस्या पर्दा सहयोग गर्न सकिन्छ, आफ्ना साथीभाई आफन्त पनि रहे, समाजमा केही गर्न सकियो, समाजमा छुट्टै पहिचान हुन्छ, त्यही भएर आफ्नै देशमा केही गर्ने आँट गरौँ सफल भइन्छ ।

clock शुक्रबार २१, चैत २०८१ ०७:३६

प्रतिक्रिया