धनगढीको पार्कमोडमा सडक बहस हुने

  सोमबार २२, जेठ २०८० १०:४८

धनगढी । धनगढीको पार्कमोडमा आज सडक बहस हुने भएको छ। गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न आज सडक बहस हुने भएको हो।

सोमवार साँझ ५ बजेदेखि धनगढी पार्कमोडमा सडक बहस हुने भएको छ। गेटामा एक सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने सरकारले बजेट भाषणबाट सार्वजनिक गरे लगत्तै सुदूरपश्चिममा तीव्र बिरोध भएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले  विभिन्न दबाबका कार्यक्रम गरिरहेको छ।

सरकारलाई २०७९ माघ २९ गतेको विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न दबाब दिन हुने सडक बहस कार्यक्रममा उपस्थित हुन संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले धनगढीमा रहनु भएका सबैलाई आग्रह गरिएको बताएका छन्।

सडक बहस कार्यक्रममा सबै राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रमुख,नागरिक समाजका अगुवा र सरोकारवालाहरूलाई आमन्त्रण गरिएको संघर्ष समितिले जनाएको छ।

clock सोमबार २२, जेठ २०८० १०:४८

प्रतिक्रिया