धनगढीका तीन जना लागुऔषधसहित पक्राउ

  आइतबार २१, जेठ २०८० १०:४५

धनगढी । धनगढीका तीन जना लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का  पदमबहादुर बोहरा, कृष्णराज राना र वडा नम्बर ६ का भानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुलाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० लठ्ठाघाटबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

कञ्चनपुर प्रहरीका अनुसार ईलाका प्रहरी बेलडाँडी र प्रहरी चौकी भुडाको टोलिले उनीहरुलाई १० दशमलव ८४० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।

उनीहरको साथबाट से ४ प ३९७६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ। कञ्चनपुर प्रहरीले उनीहरुको थप अनुसन्धान गर्दैछ।

clock आइतबार २१, जेठ २०८० १०:४५

प्रतिक्रिया