बाजुरामा रुखबाट खसेर एकजनाको मृत्यु

  शनिबार २०, जेठ २०८० १७:१६

बाजुरा । बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२  वर्षीय देवबहादुर धामीको रुखबाट खसेर मृत्यु भएको हो ।  

स्याउला काट्ने क्रममा रुखबाट खसेका धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

धामी शनिबार बिहान गाउँ नजिकैको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।

clock शनिबार २०, जेठ २०८० १७:१६

प्रतिक्रिया