कञ्चनपुरबाट ७० हजार मुल्य बराबरका अवैध सामान बरामद

  शनिबार २०, जेठ २०८० १७:०४

कञ्चनपुर । कञ्चनपुरबाट ७० हजार मुल्य बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो। 

एक सय किलो कुखुरा, चिनी, प्लाष्टिक, से १ प ४००९ नम्बरको मोटरसाईकल गरी ७० हजार मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल सहित भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो।

clock शनिबार २०, जेठ २०८० १७:०४

प्रतिक्रिया