कैलालीमा भन्सार छलीका सामानसहित भारतिय नागरिक पक्राउ

  शुक्रबार १९, जेठ २०८० ०८:२३

धनगढी । कैलालीमा भन्सार छलीका सामानसहित भारतिय नागरिक पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले जिल्लाको भजनी नगरपालिका–५ कुटी स्थित लखिमपुर खिरी भारत घर भएका २३ वर्षीय सरिफ अलिलाई बिहीवार पक्राउ गरेको जनाएको छ।

अलिले चलाएको यूपी ३१ एसी ३७३९ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याएको स्प्राईड ६ पेटी र मोटरसाइकलसहित अन्दाजी एक लाख दस हजार बराबरको सामानसहित प्रहरीले पक्राउ गरेको हो। प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने तयारी भईरहेको जनाएको छ।    

clock शुक्रबार १९, जेठ २०८० ०८:२३

प्रतिक्रिया