बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी

  सोमबार १५, जेठ २०८० १०:३०

बझाङ ।  जिल्ला कारागार बझाङमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा चोरी मुद्दामा ३वर्ष कैद फैसला भएका छबिसपाथिभेरा गाउँपालिका ४ का सुरेस थापा र धनगढी उपमहानगरपालिका १ का बिनु चौधरीको बाँकी सजाय माफी भएको हो । 

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलनका आधारमा उनको बाँकी कैदी मिनाहा भएको कारागार बझाङका प्रमुख धन बहादुर घर्तीले बताए ।

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।

clock सोमबार १५, जेठ २०८० १०:३०

प्रतिक्रिया