धनगढी मानव सेवा आश्रमलाई एकै दिन लाखौंको सहयोग

  शुक्रबार २५, माघ २०८१ ०७:३२

धनगढी । मानव सेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले बुधबारदेखि पशुपति टोलमा सुरु भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा दान गर्नेहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ । आयोजकका अनुसार महायज्ञमा बिहीबार एकै दिन छजना दाताले भवनको एक कोठा निर्माणका लागि दान गरेका छन् भने बुढीगंगा नगरपालिका बाजुराले मानव सेवा आश्रम धनगढी शाखाको भवनको एक कोठा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

धनगढी उपमहानगरपालिका-२ निर्माण व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठ्ठीले स्वर्गीय बुबा मदनसिंह सेठ्ठीको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि छ लाख ५१ हजार एक सय १५ रुपैयाँ दान गर्नुभएको छ भने उहाँकी श्रीमती रमा स्वाँर सेठ्ठीद्वारा स्वर्गीय बुबाआमा तप्तबहादुर स्वाँर र सूर्यदेवी स्वाँरको स्मृतिमा एक कोठाका लागि छ लाख ५१ हजार एक सय १५ रुपैयाँ दान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका– २ माया मेट्रो अस्पताल प्रालिका सञ्चालक धिरेन्द्र साउदले स्वर्गीय हजरबुबा दानबहादुर साउद र हजुरआमा मिनादेवी साउद र स्वर्गीय ठूलीआमा चम्पादेवी साउदको स्मृतिमा छ लाख ५१ हजार एक सय १५ रुपैयाँ दान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका(४ निवासी पदम भण्डारीले स्वर्गीय बुबाआमा वीरबहादुर भण्डारी र लक्ष्मीदेवी भण्डारीको स्मृतिमा भवनको एक कोठा निर्माण सहयोगार्थ छ लाख ५१ हजार एक सय १५ रुपैयाँ दान गर्नुभएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका(४ बसपार्क निवासी थिरबहादुर स्वाँररशिल्पादेवी स्वाँरले भवनको एक कोठा निर्माणका लागि छ लाख ५१ हजार एक सय १५ रुपैयाँ प्रदान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका(५ निवासी सिद्धराज भट्टले पनि भवन एक कोठा निर्माणका लागि छ लाख ५१ हजार एक सय १५ रुपैयाँ महायज्ञमा दान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका(३ निवासी सोम ढकालरपद्मा ढकालले निर्माणका लागि ५५ हजार पाँच सय ५५ रुपैयाँ दान गर्नुभएको छ भने वडा ४ निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगत्नाथ पनेरूको स्मृतिमा वृद्धभत्ताको रकमस्वरूप ५१ हजार पाँच सय ५५ रुपैयाँ योगदान गर्नुभएको छ । वडा ११ निवासी कृतिका उपाध्यायले पाँच हजार एक सय ५५, उद्यमशील आमा समूहद्वारा भवन निर्माण सेवाका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिएको छ । मानव सेवा आश्रम सुदूरपश्चिम प्रदेश, धनगढी शाखा २०७५ साल मंसिर १ गते धनगढी ५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो ।

शाखाले हालसम्म तीन सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवको सुदूरपश्चिम प्रदेशभित्रका विभिन्न जिल्लाबाट समेत उद्धार गरी सेवा प्रदान गर्दै आएको छ । मानव सेवा आश्रम सुदूरपश्चिम प्रदेशस्तरीय भवनको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा दुई बिगाह जग्गामा निर्माण कार्य सुरु भइसकेको छ । मानव सेवा आश्रमले धनगढी शाखाको भवन निर्माण गरी सेवाको स्थायित्वका लागि श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ(२०८१ आयोजना गरेको हो । महायज्ञ माघ ३० गतेसम्म सञ्चालन हुने मानव सेवा आश्रमले जनाएको छ । 

clock शुक्रबार २५, माघ २०८१ ०७:३२

प्रतिक्रिया