धनगढीमा सिद्धार्थ ग्रुपले पाँचतारे होटल बनाउने

  बुधबार २३, माघ २०८१ १७:२९

काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले धनगढीमा पाँचतारे होटल बनाउने घोषणा गरेको छ । नेपालको चेन हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीले स्थापनाको २७औं वार्षिकोत्सवमा धनगढीमा पाँचतारे होटल निर्माण योजना अगाडि बढाएको जानकारी दिएको हो । 

मुलुकको पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनासाथ ग्रुपले ‘भिजन २०३०’ मा काम गरिरहेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए । कैलालीको टीकापुरमा सन् १९९८ मा सामान्य होटलबाट सुरु भएको कम्पनीले देशैभर सेवा विस्तार गरिरहेको छ । 

clock बुधबार २३, माघ २०८१ १७:२९

प्रतिक्रिया