होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु

  आइतबार १४, जेठ २०८० ०९:४३

धनगढी । होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ। मेलौली नगरपालिका-७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए। शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार १४, जेठ २०८० ०९:४३

प्रतिक्रिया