पेट्रोलमा २ र डिजेल / मट्टितेलमा ४ रुपैयाँ बृद्धि

  शुक्रबार १८, माघ २०८१ २१:४२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो ।

मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल / मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४।५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ । 

clock शुक्रबार १८, माघ २०८१ २१:४२

प्रतिक्रिया