कञ्चनपुरमा स्वचालित सडक बत्ती जडान

  शुक्रबार १२, जेठ २०८० १७:५३

कञ्चनपुर । जङ्गली हात्तीले क्षति पु¥याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित सडकबत्ती जडान सुरु गरेको छ।भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले आर्थिक वर्ष २०७९÷८० को नगरपालिकाको हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकमा १० लाख बजेट विनियोजन गरिएको बताए्। विनियोजित बजेटबाट सार्वजनिक खरिद ऐनअनुसार एक सय ७५ वटा सडकबत्ती खरिद गरी जडान गरिएको उनले बताए।

नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टका अनुसार पूर्व–पश्चिम राजमार्गमा ६०, वडा नम्बर –१ मा १०, वडा नम्बर –२ मा सात, वडा नम्बर –३ मा सात, वडा नम्बर –४ मा नौ, वडा नम्बर –६ मा आठ, वडा नम्बर –७ मा १०, वडा नम्बर –८ मा १०, वडा नम्बर –९ मा आठ, वडा नम्बर –१० मा आठ, वडा नम्बर –११ मा नौ र वडा नम्बर –१२ मा १० थान सडकबत्ती जडान गरिएको छ।

वडा कार्यालयमार्फत हात्तीले क्षति पु¥याउने क्षेत्रमा यसअघि नै सडकबत्ती जडान गरिएको थियो। हात्तीलगायत जङ्गली जनावरको आतङ्क रोक्न र सर्वसाधारणलाई सचेत पार्न नगरपालिकाले तीन ठाउँमा अत्याधुनिक साइरन समेत जडान गरेको छ।

clock शुक्रबार १२, जेठ २०८० १७:५३

प्रतिक्रिया