भीमदत्त र टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ

  शुक्रबार १२, जेठ २०८० १६:५४

धनगढी । कञ्चनपुरको भीमदत्त र कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खर्गौलाबाट लागूऔषधसहित जानकी गाउँपालिका–४ जानकी नगरका २१ वर्षीय दिपेश चन्द पक्राउ परेका छन्। 

उनी ५ ग्राम लागुऔषधसहित विहिबार पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४  का २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बादीलाई रेक्सोजेसिक एक सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन एक सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

clock शुक्रबार १२, जेठ २०८० १६:५४

प्रतिक्रिया