पीएम कप क्रिकेट : सुपर फोरमा एपीएफ र आर्मीको जित

  बिहिबार १०, माघ २०८१ २२:४८

धनगढी । कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । दुबै टोलीले सुपर फोरमा जित निकालेका हुन् । बिहीबार फाप्ला मैदानमा भएको सुपर फोरको पहिलो खेलमा आर्मीले बागमती प्रदेशलाई १० विकेटले पराजित ग¥यो । बागमती प्रदेशले दिएको ४३ रनको लक्ष्य पछ्याएको एपीएफले ६.५ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । एपीएफका ममता चौधरी २३ र राजमति ऐरी १४ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि यशु पाण्डे, सविका यादव र यलि यादवले समान ८–८ रनको योगदान दिए । विपिशा शाहीले ७ रन जोड्दा यशोधा विष्टले ३ रन जोडिन् । बागमती प्रदेशकी कप्तान कञ्चन श्रेष्ठ, सलिना सिलवाल र मनिषा उपाध्याय भने शून्य रनमै पभिलियन फर्किएका थिए । एपीएफका लागि सुमन विष्टले सर्वाधिक ३ विकेट लिइन् । यस्तै, रेखा रावल र बिनु बुढाले समान २–२ विकेट लिँदा कविता जोशीको नाममा १ विकेट रह्यो ।


बिहीबार नै फाप्लामा भएको दोस्रो खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ । १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउनसक्यो । सुदूरपश्चिमका लागि मनिषा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाइन् । आर्मीकी सुस्मिता भुषालले ३ तथा सीता शाही र लक्ष्मी साउदले १÷१ विकेट लिइन् । 


त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले सम्झना खड्काको उत्कृष्ट पारीको मदत्तले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । खड्का ५७ बलमा ७४ रनमा अविजित रहिन् । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेका थिइनन् । सुदूरपश्चिमका जानकी थापाले २ तथा आशिका महरा र रेवती धामीले एक÷एक विकेट लिइन् । 
फराकिलो जितसंगै सुपर फोरको अंक तालिकामा एपीएफ शीर्ष स्थानमा छ भने आर्मी दोस्रोमा छ । प्रतियोगिताअन्तर्गत शुक्रबार सुपर फोरका दुई खेल हुनेछन् । सुपर फोरमा अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका दुई टीमबीच शनिबार फाइनल हुने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ । 

 

clock बिहिबार १०, माघ २०८१ २२:४८

प्रतिक्रिया