कैलालीका यातायात व्यवसायी बिच लफडा, खप्तड यातायात प्रालिका अध्यक्ष जोशी निर्णय विपरीत लागेको आरोप

  बिहिबार ११, जेठ २०८० १४:११

धनगढी । कैलालीका यातायात व्यवसायी बिच लफडा सुरु भएको छ। धनगढी बसपार्कबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायी बिच लफडा सुरु भएको हो। 

१४ महिनादेखि एकद्धवार प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका उनीहरु बिचमा निर्णय कार्यान्वयन नभएको भन्दै लफडा सुरु भएको हो। धनगढीबाट सञ्चालनमा रहेका ८ वटा यातायात प्रालिहरु एकद्धवार प्रणालीबाट सञ्चालन हुँदै आएका थिए । 

तर उक्त समूहबाट खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशी बाहिरीएपछि नयाँ लफडा सुरु भएको हो ।  सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जोशीले यातायात व्यवसायीहरुको निर्णय विपरीत बाहिरिएका बताए । 

उनले भने, ‘यातायात व्यवसायी संकटमा छन्। यातायात व्यवसायीलाई बचाउन हामीले एक प्रयास गरेका थियौँ। एकद्धवार प्रणालीमा गएका थियौँ। अश्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्ने योजना हाम्रो हो। सरकारी ऐन मानेर हामीले काम गर्दै आएका थियौँ।’ सापकोटाले दुई वर्षका लागि एक द्धवार प्रणाली लागु गरिएको बताए। 

खप्तड मालिका यातायात प्रालीकाका अध्यक्ष दिल बहादूर खलौलाले भने "व्यावसायीमा राम्रो र ईमान्दर भएका कारणले उहाँलाई यस उप समितिको संयोजक बनाएका थियौं । यो गठबन्धन दुई बर्षका लागी भनेर सहमति गरेका हौं तर उपसमितिको निर्णय लत्याएर आफ्नो स्वार्थका लागी बाहिरीनु भयो ।’ उहाँले उपसमिति बाट बाहिरीनु कारण हामीलाई जवाफ दिनु पर्ने बताएका छन । 

यातायात व्यवसायीहरु बिचमा हुने अश्वस्थ प्रतिस्पर्धाले दुर्घटनाको जोखिम हुने तर्क उनीहरुको छ। देश अर्थतन्त्र अवस्थामा गुज्रिरहेको बेलामा हामी व्यावसायीहरुलाई बैंकको किस्ता समेत हाल्ने गारो परीरहेको थियो । त्यसैलाई मध्य नजर र यात्रुहरुलाई सहज होस भनेर हामी सबै मिलि गठबन्धन गरेका हौं पहिलो सहत हुने अहिले आएर छाडेर जाने यो कदापी सह्रय नभएको खप्तड मालिका यातायात प्रालीका अध्यक्ष जय गणेश ओलीले बताए । 

तर खप्तड यातायात प्रालिका अध्यक्ष जोशीले सबै प्रालिको समूहमा गरिएको निर्णय कार्यान्वयन नभएकाले बाहिरिएको बताएका छन्। उनले पटक पटक निर्णयहरु कार्यान्वयनका लागि जोड दिँदा पनि कार्यान्वयन नभएपछि बाहिरिएको बताए। पाँच महिनासम्म आफ्ना कुराहरु समूहले नसुनेको तर्क जोशीको छ। उनले धनगढीबाट लामो दुरीमा सञ्चालन हुँदै आएका पुराना बसहरु हटाउनुपर्ने मागसमेत गरेका छन्।

clock बिहिबार ११, जेठ २०८० १४:११

प्रतिक्रिया