आईसीसी यु–१९ विश्वकपः नेपालको पहिलो खेल आज बङ्गलादेशसँग
काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुुरू हुँदैछ। उद्घाटन खेलमा बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्ड खेल्दैछन्।
नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्ने छ। नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन्। समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्।
समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन्। समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन्। प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ।
प्रतिक्रिया