धनगढीकाट खैरो हेरोइनसहित किरण र बसन्त पक्राउ

  बिहिबार ०४, माघ २०८१ ०७:३८

धनगढी । धनगढीमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१ अदालत रोडबाट सोही ठाउँ बस्ने २५ वर्षीय किरण नेपाली र २५ वर्षकै बसन्त परियार पक्राउ परेका छन्। 

दुबै जनालाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

clock बिहिबार ०४, माघ २०८१ ०७:३८

प्रतिक्रिया