खो खो विश्वकपमा सहभागी हुने नेपाली महिला र पुरुष टोलीको बिदाइ

  शनिबार २७, पुष २०८१ ०७:१९

काठमाडौँ । प्रथम खो खो विश्वकपमा सहभागी हुन ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोलीको बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

काठमाडौँमा भएको १ महिने बन्द प्रशिक्षणपछि नेपाली टोली मिति भोली अर्थात पौष २७ गते दिउँसो २ बजे भारतको दिल्ली प्रस्थान हुदैछ । प्रतियोगीता भारतको नयाँदिल्ली स्थित इन्दीरा गान्धी स्टेडियममा हुनेछ ।

पुस २९ देखि माघ ६ गतेसम्म हुने विह्वकपमा सहभागी हुने नेपाली टोलीमा १५ महिला र १५ पुरुष खेलाडीहरुले सहभागिता जनाउने छन् । त्यसैगरी २र२ जना गरी ४ जना प्रशिक्षक, २ जना व्यवस्थापक,४ जना निर्णायक लगायत अन्य ३ जनाको समेत सहभागी हुनेछन् ।

खो खो विश्वकप खेल्ने महिला र पुरुष टोलीको कप्तानी सुदूरपश्चिमेलीले गरिरहेका छन । पुरुष खो खो टोलीको कप्तानी धनगढीका हेमराज पनेरुले गरिरहेका छन भने महिला खो खो टोलीको कप्तानी अछामकी सरस्वती कडायतले गरिरहेकी छन । 

दुवै खेलाडी विभागिय क्लब नेपाली सेनाबाट खेलिरहेका छन । विश्वकपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका कोषाध्यक्ष तथा महिला टोलीका व्यवस्थापक कृष्ण पनेरुले बताए । पनेरुले टोलीले कडा मिहिनेत गरेका कारण विश्वकपमा सुखद नतिजा आउने बताएका छन ।

clock शनिबार २७, पुष २०८१ ०७:१९

प्रतिक्रिया