कैलालीमा अवैध समान पास गराउन प्रहरीलाई घुस दिने भारतीय पक्राउ

  बुधबार १०, जेठ २०८० १२:३५

धनगढी । कैलालीमा अवैध समान पास गराउन प्रहरीलाई घुस दिने भारतीय पक्राउ नागरिक पक्राउ परेका छन्।

बुधवार बिहान धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छली गरी ल्याएको आठ हजार बराबरको समान पास गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले पक्राउ पर्नेमा भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्ता रहेको जानकारी दिए।

गुप्तालाई बुधवार बिहान भारतबाट ल्याएको अवैध समान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ दिएर समान छोडिदिन भनेपछि पक्राउ गरिएको चन्दले बताए।

उनको साथबाट १५ डब्बा मिठाई, ७ पोका आन्टी नामक सुपारी, ३ पोका चियापत्ती, एक प्याकेट मिल्क पाउडर, १५ पाकेट पेठा, ३ पाकेट चुरन खट्टा मिठा, ८ डिब्बा चकलेट र हल्दी पाउडर एक पोका बरामद गरिएको छ।

बरामद गरिएको समान र पक्राउ परेका आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

clock बुधबार १०, जेठ २०८० १२:३५

प्रतिक्रिया