बैतडीको खोड्पेमा हावाहुरीले ५ घरको छानो उडायो

  बुधबार १०, जेठ २०८० ०९:४५

खोड्पे । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८मा हावाहुरीले पाँच वटा घरमा क्षती पुगाएको छ ।

प्रहरीकाअनुसार हावाहुुरीले खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएको छ ।

बजारमै गगन सिंह महराले सञ्चालन गरीरहेको पसलमा पनि हावाहुरीले क्षती गरेको छ । 

वडा नम्बर ८ कै आरुबाटाका स्थानीय पदम सिंह बिष्टको पसलमा पनि हावाहुरीले पूर्ण गरेको वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

उनकाअनुसार अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

clock बुधबार १०, जेठ २०८० ०९:४५

प्रतिक्रिया