बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प

  बुधबार १०, जेठ २०८० ०९:३९

धनगढी । बझाङमा आज बिहान भूकम्प गएको छ। बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। 

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर भूकम्पका धक्का गइरहेका छन्। 

clock बुधबार १०, जेठ २०८० ०९:३९

प्रतिक्रिया