पुर्वराजा ज्ञानेद्र शाहद्धारा शालिकमा माल्यार्पण संगै अत्तरिया चोक परिक्रमा

  मङ्गलबार ०९, जेठ २०८० १७:१७

धनगढी । पुर्वराजा ज्ञानेन्द्र शाहले अत्तरियामा चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन् । नागरिक अभिनन्दन कार्यक्रममा सहभागिताका लागि धनगढी पुगेर फर्किने क्रममा राजा ज्ञानेन्द्रले शालिकका माल्यार्पण गरेका हुन । राजाले शालिकको माल्यार्पण गरेपछि अत्तरिया चोकमा परिक्रमा समेत गरेका थिए ।

सो क्रममा राजको समर्थमा स्थानीयले नाराबाजी गरेका थिए । उनीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ मेची काली हल्ला छ राजा आउने सल्लाह छ’ लगायतका नारा लगाएका थिए । राजाको स्वागतमा अत्तरिया चोकमा सयौंको संख्यामा मानिसहरुको भिड हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।

अत्तरिया चोकमा २०६२/०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुनः निर्माण गरेर १ बर्ष अगाडी अनावरण गरिएको थियो । शालिक पुननिर्माण समितिका अध्यक्ष हरी भट्टराइले शालिकमा राजा नै आएर माल्यार्पण गरिदा आफूहरु निकै हर्षित भएको बताए ।

‘धनगढीमा नागरिक अभिनन्दनको मौका पारेर हामीले अत्तरियामा पनि शालिक निर्माण गरेका छौ माल्यार्पण गरिदिनुप९यो भनेका थियौ । वहाले हाम्रो अनुरोधलाई मानेर मान्यार्पण गरिदिएकोमा हामी अत्यन्तै हर्षित छौ’ उनले भने ‘राजाप्रति सम्मान संगै राजाको स्वागतका लागि स्थानीयको उल्लाहपूर्ण सहभागिता रहेको थियो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय सदस्य प्रेम बहादुर बोगटीले राजा सबैका साझा हुन भन्ने भावनाका साथ अत्तरियामा भव्य स्वागत गरिएको बताए । उनले अत्तरिया चोकमा माल्यार्पण र परिक्रमा गर्दा राजाले व्यवहार एकदमै साधारण पाएको बताए ।

‘राजाको व्यवहार एकदमै साधारण जनताको जस्तै थियो । वहाको वरिपरी गार्ड पनि थिएनन् । वहाले अत्तरिया चोक परिक्रमा गर्दा सबै उपस्थित जनताले देख्न पाए’ बोगटीले भने ‘नेता भन्दा पनि सामान्य व्यवहार राजाले देखाउनु भयो । नेताको नजिक पनि जनता जान पाउदैनथे । राजा जनताका बीचमा आएर गए ।’

उनले अब जनता पार्टी देखि वाक्क दिक्क भएर राजा नै देश चलाउन आउनु पर्छ भन्ने भावनाका साथ सडकमा आएको बताए ।

clock मङ्गलबार ०९, जेठ २०८० १७:१७

प्रतिक्रिया