धनगढीमा भएको उसु प्रतियोगितामा सुदूरपश्चिम प्रथम
धनगढी । कैलालीको धनगढीमा भएको उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेश प्रथम भएको छ। धनगढीमा यही पौष १४ गतेदेखि सुरु भएको प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम १४ पदकका साथ प्रथम भएको हो।
सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा भएको प्रतियोगितामा नौ स्वर्ण, चार रजत र एक कास्यसहित १४ पदक पाएको हो। प्रतियोगितामा नेपाल पुलिस क्लबले चार स्वण, चार रजत र तीन कास्य गरेर ११, गण्डकी प्रदेशले एक स्वर्ण, २ रजत र चार कास्य गरेर सात, लुम्बिनीले २ रजत र ५ कास्य गरेर सात, कर्णालीले २ रजत र २ कास्य गरेर चार तथा बागमतीले एक कास्य पदक जितेको छ। यस्तै, जुनियर तर्फसमेत सुदूरपश्चिम प्रदेश प्रथम भएको छ। नौ पदकसहित सुदूरपश्चिम जुनियरमासमेत प्रथम भएको हो। लुम्बिनीको आठ, कर्णालीको आठ र गण्डकीको आठ पदक रहेको छ।
प्रतियोगितामा तीन विभागीय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी) र सात प्रदेशका सात टिम गरी १० टिमको सहभागिता रहेको थियो। सिनियर र जुनियर गरी १९६ खेलाडीले भाग लिएका छन। एक सय ८ पुरुष तथा ८८ महिलाहरूले खेलमा भाग लिएका हुन।
प्रतियोगितामा करिब ४८ लाख २५ लाख ७५० रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। खेल सामग्री खरिदसहित प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले २० लाख विनियोजन गरेको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया