एकनाले बन्दुक सहित दार्चुलामा एक जना पक्राउ

  मङ्गलबार ०९, जेठ २०८० १५:५०

दार्चुला । झाडीमा लुकाईएको बन्दुक सहित दार्चुलामा एक जना पक्राउ परेका छन । जिल्लाको मालिकार्जुन गाउँपालिका – ७ पासादेउ बस्ने ५८ वर्षीय केशरसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा एकनाले भरूवा बन्दुकसहित धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धामीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार ०९, जेठ २०८० १५:५०

प्रतिक्रिया