धनगढी र डोके बजारबाट लागुऔषधसहित दुई जना पक्राउ

  सोमबार ०८, जेठ २०८० १५:२२

धनगढी । कैलालीको धनगढी र कञ्चनपुरको डोके बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ७५ मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–८ का २६ वर्षीय समिर चौधरी पक्राउ परेका छन्। 

उनी आइतबार राति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४६ वर्षीय ऋषि राम कँडेल पनि लागूऔषधसहित पक्राउ परेका छन्। 

७ सय मिलिग्राम लागुऔषधसहित उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागुऔषध फेला पारेपछि पक्राउ गरिएको हो।

clock सोमबार ०८, जेठ २०८० १५:२२

प्रतिक्रिया