पत्रकार महासङ्घ सुदूरपश्चिममा भरत प्यानलका ८ सदस्य निर्विरोध

  मङ्गलबार २६, मङि्सर २०८१ ०७:०७

कैलाली । पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशमा भरत शाह प्यानलका ८ सदस्य निर्विरोध भएका छन् ।

सोमबार नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिको निर्वाचन उम्मेदवारहरूको नामावलीमा तोकिएको उम्मेदवार संख्यामा तोकिएकै संख्यामा उम्मेदवारी परेपछि ८ सदस्य निर्विरोध भएको हो ।

तीन जना तोकिएको महिला सदस्यमा दुर्गा देवकोटा,भुवनेश्वरी कुमारी शाही र सन्तोषी रावल निर्वाचित भएका हुन् ।

सदस्य दलितमा प्रदीप मलासी, आदिवासी जनजातिमा छविलाल चौधरी र भीम बहादुर चौधरी निर्विरोध हुँदा सदस्य मधेसीमा सागर कुस्मी र अल्पसङ्ख्यक अपाङ्गतामा नहकुल देवी जिसी निर्विरोध भएका छन्।

clock मङ्गलबार २६, मङि्सर २०८१ ०७:०७

प्रतिक्रिया