धनगढीमा हावाहुरीले होर्डिङ्ग बोर्ड उडाउँदा क्षती

  आइतबार ०७, जेठ २०८० १७:३१

धनगढी । धनगढी उपमहानगरपालीकामा शनिवार राती हावाहुरी आउँदा बिभिन्न क्षेत्रमा क्षती पुगेको छ। शनिवार राती ८ बजेको समयमा हावाहुरी चल्दा धनगढी उपमहानगरपालीका १ कैलाली पुल नजिक बालमन्दीर अगाडी रहेका  ४ वटा पसलमा क्षती पुर्‍याएको हो।

हावा हुरीले भैरब नाथ किराना पसल, सोनु पालर ए वान ड्राईकिलिन लगायताका पसलमा क्षती भएको हो । पसलको छत माथी कमजोर अवस्थामा रहेका होडिङ्ग बोर्डमा क्षती पुर्‍याएको बताइएको छ ।

होर्डिङ्ग बोर्डहरु हावाले उठाउदा ९/१० लाखको क्षती भएको ब्यवसायीहरुले बताएका छन् । कमजोर भौतिक संरचनामा विज्ञापनका होडिङ बोर्डहरु राखिदा यस्तो भएको उनिहरुले बताए छन् ।

ब्यवसायीहरुले पसल माथी राखिएका होर्डिङ्ग बोर्ड हावाहुरीले उठाएर पसल अगाडी ढालिएको बताए।

clock आइतबार ०७, जेठ २०८० १७:३१

प्रतिक्रिया